कालिकोटमा मलामी गएका १३ जना बेपत्ता,खाेजिकार्य जारी

कालिकोट संवाददाता २४ आश्विन २०७९, सोमबार १४:१६

कालिकोट। कालिकोटको तिलागुफा नगरपालिका ४ राँचुलीमा मलामी गएका १३ जना पहिरोमा पुरिएका छन्।आइतबार दिउँसो १ बजेतिर मलामी गएका उनीहरुमाथि तिलाकर्णाली नदीमा लाश जलाउने क्रममा पहिरो खसेको थियो।

पहिरोमा पुरिएर तिलागुफा नगरपालिका ४ का नवनिर्वाचित वडाअध्यक्ष परमबहादुर शाहीसहित १३ जना बेपत्ता भएका कालिकोटका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताए।

आइतवार दिउँसोदेखि उनीहरु सम्पर्कमा नआएपछि खोजी गर्दा पहिरोमा पुरिएको खुलेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।शनिबार मृत्यु भएका स्थानीय युवक हेमराज शाहीको तिला नदीमा अन्तिम संस्कार चलिरहँदा त्यहाँ पुगेका मलामीमाथि पहिरो खसेको हो।

तिलाकर्णाली नदीमा लाश जलाउँदै गर्दा खसेको पहिरोमा पुरिएर उनीहरु बेपत्ता भएको प्रहरी नायव उपरीक्षक रिमालले जानकारी दिए।बेपत्ता हुनेहरुमा कालिकोट तिलागुफा नगरपालिका–४ राँचुलीका ४७ वर्षीय कालिबहादुर शाही, ६३ वर्षीय धनबहादुर शाही, ३१ वर्षीय क्षेत्रजंग शाही, २८ वर्षीय खगेन्द्र शाही, २३ वर्षीय भेषबहादुर शाही, ५५ वर्षीय धन शाही छन्।

त्यसैगरी ७६ वर्षीय अलि शाही, २३ वर्षीय खेमराज शाही, ५७ वर्षीय भक्तबहादुर शाही, ४१ वर्षीय मोतिलाल शाही, ५९ वर्षका परबहादुर शाही, २४ वर्षीय नरेश शाही र २३ वर्षीय प्रशान्त शाही पहिरोमा पुरिएर बेपत्ता भएका छन्।बेपत्ता ५९ वर्षीय परमबहादुर शाही गत वैशाख ३० मा भएको स्थानीय निर्वाचनमा विजयी वडाअध्यक्ष हुन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हुम्लामा पहिरोमा पुरिएर ४ जनाको मृत्यु

२४ आश्विन २०७९, सोमबार १४:१६
हुुम्ला। हुम्लाको चखेली गाउँपालिका–६ स्थित मेलथममा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको छ। गएराति मेलथमस्थित मानवीर विकको घर पहिरोले बगाउँदा ९ जना पुरिएका थिए। पहिरोमा परेकामध्ये ४ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका डिआइजी पोषराज पोखरेलले जानकारी दिए।५ जनालाई सुरक्षाकर्मीले जीवितै उद्दार गरेका छन्। घाइतेहरूलाई उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज […]