लिडरशिप फिमेल अफ द इयर २०२२ द्वारा भायानेटकी सीईओ पाठक सम्मानित

कर्णाली अनलाइन १६ पुष २०७९, शनिबार १५:१६

सुर्खेत। भायानेट कम्युनिकेसन्सकी प्रमुख कार्यकारी अधिकृत सेवा पाठक बोहरालाई सम्मान गरिएको छ। नेपालको प्राविधिक क्षेत्रमा गरेको असाधारण नेतृत्व र योगदानको लागि एचआरएम लिडरसिप फिमेल अफ द इयर अवार्डबाट सम्मान गरिएको हो।

पाठक देशको प्रविधि क्षेत्रमा नेतृत्व गर्ने पहिलो महिला हुन्। सन् २०१२ मा भायानेटको वित्त तथा संचालन निर्देशकका रूपमा भायानेटमा आएकी पाठक सन् २०१८ मा कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेकी थिइन्।

उनलको कार्यकालमा भायानेटले आफ्नो गुणस्तरीय इन्टरनेट र आईपीटीभी सेवाहरूको स्तरोन्नति गर्दै देशैभर द्रुत रूपमा विस्तार गरिरहेको छ।एचआरएम अवार्ड कर्पोरेट क्षेत्रमा भएका विविध विधाका उत्कृष्टतालाई पुरष्कृत गर्ने उद्देश्यले सन् २०२१ मा स्थापना भएको वार्षिक पुरष्कार हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एकीकृत समाजवादीले पोलिटब्यूरो बैठक बोलायो

१६ पुष २०७९, शनिबार १५:१६
काठमाडौँ।नेकपा (एकीकृत समाजवादी) पोलिटब्यूरो बैठक बोलाएको छ। बैठक सोमबार बिहान ११ बजे पार्टी कार्यालय आलोकनगरमा बस्ने छ। शनिबार र आइतबार गरी दुई दिनसम्म चलेको स्थायी कमिटी बैठकपछि एकीकृत समाजवादीले सोमबारका लागि पोलिटब्यूरोको बैठक बोलाएको हो। गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल […]