एनएमबि लघुवित्त–साडेपानी शाखाद्धारा ‘ग्राहक केन्द्रित वित्तिय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम’संचालन

कर्णाली अनलाइन १५ फाल्गुन २०८१, बिहीबार २०:०९


कैलाली ।जिल्लाको घोडाघोडी नगरपालिका वडा न–२ मा रहेको एनएमवि लघुवित्त वित्तिय संस्था लि. शाखा कार्यालय साडेपानी कैलालीले ग्राहक केन्द्रित वित्तिय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम घोडाघोडी नगरपालिका वडा न– ८ मा संचालन गरेको छ ।

उक्त कार्यक्रममा ग्राहक सदस्य र अभिभावक समेत कुल २५ जनाको उपस्थिति रहेको थियो । साडेपानी शाखा कार्यालयले पुस १६ गते देखि हाल सम्म उक्त कार्यक्रम विभिन्न समुदायको टोल टोलमा सन्चालन गर्दैँ आइरहेको छ ।

उक्त कार्यक्रममा कर्जाको आवश्यकता, बचतको प्रकार, बचत तथा कर्जाको फाईदा तथा बेफाइदा, कर्जा लिदा ध्यान दिनुपर्ने पर्ने कुराहरु, कर्जा सदुपयोगिता, बिमा सेवा, पासबुकको प्रयोग, एम पासबुकको महत्त्व र फाईदा, नगद जम्मा भौचरको महत्त्व, केन्द्र प्रमुखको भुमिका तथा केन्द्र संचालन लगायत विषयमा सचेतना मुलक कार्यक्रम गरिएको र कार्यक्रमले ग्राहक माझ वित्तीय चेतना बढेको सहभागिहरुले जानकारी दिएका छन । बिहीबार केन्द्र नं ०३६ मा भएको उक्त कार्यक्रमको संचालन शाखा कार्यालय साडेपानीका कर्मचारी कमल बहादुर धामिले गर्नु भएको थियो।

उक्त केन्द्रका केन्द्र प्रमुख श्री सीता देवी साउदज्युको स्वागत मन्तब्य सहितको अनुमतिमा औपचारिक रुपमा सन्चालन भएको कार्यक्रमको प्रशिक्षण सुदुरपश्चिम प्रदेशका क्षेत्रीय प्रबन्धक राजेश ठकुल्लाले गर्नु भएको थियो । उक्त कार्यक्रमको सहजिकरण साडेपानी शाखाका शाखा प्रमुख यादव प्रसाद जोशी र सीता देवी साउदले गर्नुभएको थियो ।

कार्यक्रमको प्रतिक्रिया सेसनमा सहभागीहरुले ‘बित्तिय साक्षरता र लघुउधमी र बचत, कर्जा लगायतको बिषयमा सिक्न बुझ्न पाएकोमा एनएमबी लघुबित्तलाई धन्यवाद ब्यक्त गर्नुभएको छ।’एनएमबि लघुबित्त वित्तीय संस्था लि. शाखा कार्यालय साडेपानीले कैलाली जिल्लाको जोशीपुर गाँउपालिका , घोडाघोडी नगरपालिका , लम्किचुहा नगरपालिका र बर्दगोरिया गाँउपालिकाका करिब १ हजार ५ सय घरधुरिलाई सेवा दिदै आएको छ।

गण्डकी प्रदेशको पोखरा महानगरपालिका वडा न ८ न्यूरोड कास्कीमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्तले ७ वटै प्रादेशिक कार्यालय स्थापना गरी ६८ जिल्लामा १४८ वटा शाखा विस्तार गरी करिव एक लाख तिस हजार विपन्न घरपरिवारलाई लघुवित्तले सेवा प्रदान गदैँ आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एनएमबि लघुवित्त–खोलागाँउ शाखाद्धारा बित्तीय साक्षरता,स्थानीयको उत्साहजनक उपस्थिति

१५ फाल्गुन २०८१, बिहीबार २०:०९
पश्चिम रुकुम।जिल्लाको चौरजहारी नगरपालिका वडा न–११ मा रहेको एन्एमबी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय खोलागाँउले ग्राहक केन्द्रित वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम चौरजहारी नगरपालिका –१४ साक्चामा विहिबार संचालन गरेको छ। उक्त कार्यक्रममा ४५ जना भन्दा बढी स्थानियको उपस्तिथि रहेको थियो। खोलागाँउ शाखा कार्यालयले पुस १६ गते देखि हाल सम्म […]