सुदूरपश्चिममा करिब ८ महिनापछि विषयगत समितिको निर्वाचन मिति घोषणा

कर्णाली अनलाइन ७ आश्विन २०८०, आईतवार १७:०६

सुर्खेत।सुदूरपश्चिम प्रदेशसभामा करिब ८ महिनापछि विषयगत समितिको निर्वाचनको मिति निर्धारण गरिएको छ ।आगामी शुक्रबार असोज १२ विषयगत समितिको निर्वाचनको हुने भएको हो ।आइतबार समितिका सभापतिहरुको निर्वाचन कार्यतालिका समेत प्रकाशित गरिएको छ ।

कार्यतालिकाअनुसार असोज ११ गते बिहीबार नै मतदाताको नामावली प्रकाशन, सभापतिका उम्मेदवारको उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्ता लगायतका काम पूरा गरिने छ । यस्तै गरेर असोज १२ गते शुक्रबार दिउँसो ११ बजे सभापतिको चुनाव गरिने छ ।
सुदूरपश्चिम प्रदेश सभामा विधायन तथा प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास गरी चार वटा संसदीय समितिहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले बागमती अधिवेशन : सुरू भयो मतदान

७ आश्विन २०८०, आईतवार १७:०६
काठमाडौं।नेकपा एमाले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। पार्टी कार्यालय च्यासल ललितपुरमा अध्यक्षका उम्मेदवारद्वय कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलले मतदान गरी सुरु गरिएको हो। सहमति र प्राविधिक तयारीका नाममा पटक पटक सर्दै आएको मतदान दिउँसो साढे १ बजे सुरु भएको मुख्य निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिए।मतदानका […]