कक्षा १२ काे परीक्षा जेठ १६ गतेदेखि

कर्णाली अनलाइन ४ चैत्र २०७८, शुक्रबार १५:१२

काठमाडौँ।राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आउँदो जेठ १६ गतेदेखि सञ्चालन गर्ने जनाएको छ । आज शुक्रवार बसेको बोर्ड बैठकले कक्षा १२ को परीक्षा २०७९ सालको जेठ १६ गतेदेखि गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो ।

परीक्षा नौ दिन सञ्चालन हुनेछ । थप विवरण केहीबेरमा वेबसाइटमा राख्ने उहाँले बताउनुभयो । प्रश्न पत्र भने अनलाइन माध्यमबाट पठाइने र परीक्षा केन्द्रले प्रिन्ट गरेर विद्यार्थीलाई दिनुपर्नेछ । कोरोनाका कारण बोर्डले गएको वर्षदेखि प्रश्न पत्र प्रकाशन गर्न छोडेको हो ।  यस वर्ष झन्डै चार लाख विद्यार्थीले १२ कक्षाको परीक्षा दिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तेस्रो पटक पल शाहविरुद्ध म्याद थप

४ चैत्र २०७८, शुक्रबार १५:१२
तनहुँ । नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा थुनामा परेका अभिनेता पल शाहविरुद्ध तनहुँ अदालतले तेस्रो पटक म्याद थप गरेको छ । शाहविरुद्ध आज शुक्रवार तनहुँ अदालतबाट पाँच दिनको म्याद थप भएको हो । शाहविरुद्ध अनुसन्धान नसकिएकाले म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । शाहविरुद्ध गएकाे फागुन १५ […]