कर्णाली प्रदेशमा २८ दलले बुझाए आयोगलाई बन्दसूची

कर्णाली अनलाइन ५ आश्विन २०७९, बुधबार २२:३८

सुर्खेत।आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ४८ दलले निर्वाचन आयोगमा समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची पेश गरेका छन्। कर्णाली प्रदेशमा भने २८ दलले आयोगलाई बन्दसूची बुझाएका छन्।

प्रदेशसभा सदस्यका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउनेहरूमा राष्ट्रिय जनमोर्चा, मंगोल नेशनल अर्गनाइजेसन, नेपाल मजदुर किसान पार्टी, नेपालका लागि नेपाली पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी केन्द्र), राष्ट्रिय जनमुक्ति पार्टी र नेकपा (एमाले) छन्।

यसैगरी नागरिक उन्मुक्ति पार्टी, नेकपा (माले), नेपाली कांग्रेस (बीपी), नेश्नालिष्ट पिपुल्स पार्टी, राप्रपा नेपाल, विवेकशील साझा पार्टी, नेकपा (माओवादी समाजवादी), नेपाली जनता दल, नेपाल लोकतान्त्रिक पार्टी र हाम्रो नेपाल पार्टीले पनि बन्दसूची बुझाएको निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार सामाजिक एकता पार्टी, नेकपा समाजवादी र नेपाल दलित पार्टीले संयुक्त रूपमा बन्दसूची पेस गरेका छन्। संयुक्त रूपमै बन्दसूची बुझाउनेमा नेपाल आमा पार्टी, नेपाल नौलो जनवादी पार्टी, सचेत नेपाली पार्टी र नेपाल सुशासन पार्टी पनि छन्।

त्यसैगरी नेकपा (माओवादी केन्द्र) र डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पनि संयुक्त रूपमा नै बन्दसूची आयोगमा पेश गरेका छन्। बन्दसूची बुझाउनेमा जनता समाजवादी पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन शक्ति पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली कांग्रेस छन्।कर्णाली प्रदेश सभामा समानुपातिकतर्फको सीट संख्या १६ रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रपति भण्डारीविरुद्ध सर्वोच्चमा ५ मुद्दा

५ आश्विन २०७९, बुधबार २२:३८
काठमाडौं।नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको विरोधमा सर्वोच्च अदालतमा ५ वटा रिट दर्ता भएका छन्।संसद्का दुवै सदनबाट दोहोर्‍याएर पारित भएको नागरिकता विधेयक समय सीमाभित्र प्रमाणीकरण गर्नुपर्ने बाध्यात्मक संवैधानिक व्यवस्था राष्ट्रपतिले उल्लंघन गरेको भन्दै राष्ट्रपति भण्डारीविरुद्ध आजै ५ वटा रिट निवेदन दर्ता भएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले थाहा सञ्चार नेटवर्कलाई जानकारी दिए। उनका अनुसार पाँचवटै […]