बस्तिबस्तिमा खानेपानी पुर्याउने गुराँस गाउँपालिकाको लक्ष्य

कर्णाली अनलाइन ५ चैत्र २०७८, शनिबार ०३:०६

दैलेख। जिल्लाको गुराँस गाउँपालिकाले हरेक बस्तिबस्तिमा खानेपानीको पहुँच पुर्याउने लक्ष्य लिएको छ । खानेपानी अभाव भएका हरेक बस्तिमा आयोजना निर्माण गरी स्थानीयलाई पानीको उपलब्धता पुर्ती गरिने भएको हो ।

जसका लागि गुराँस गाउँपालिकाको सवै वडामा खानेपानि कार्यदल परिचालन गरी वडा कार्यालय मार्फत पाईप उपलब्ध गराई खानेपानी योजना निर्माण भईरहेको गाउँपालिका अध्यक्ष खेमराज वलीले जानकारी दिए ।

उनका अनुसार वडा कार्यलयबाट अपुग भयो वा वडा कार्यालयले उपेक्षा गरिएको बस्तिमा समन्धित बस्तिको माग र प्राविधिक स्टमेट अनुसार पनि आयोजना निर्माण गर्ने तयारी छ । भने आयोजना निर्माण गर्दा बस्तिमा उपभोत्ताले जनसर्वदान गरी पाईप लाईन खन्नुपर्ने पालिकाले निर्णय गरेको छ ।

उक्त निर्णयका आधारमा ८ न वडाका पात्ले बस्ति, आईतेकाफल बस्ति र टाङकोट बस्तिमा पाईप उपलब्ध गराएको छ । यस्तै वडा कार्यालयबाट उपेक्षित पालिकाका विभिन्न बस्तिमा समेत खानेपानी आयोजना निर्माण गरिनेछन् ।

पालिकाले करिब ५० वटासम्म खानेपानी योजना निर्माण गर्ने लक्ष लिएको छ । तर वडा अध्यक्ष र केही व्यत्तिले यसलाई अतिरन्जित गर्न खोजी राजनिति दाउपेच गरिएको पालिका अध्यक्ष ओलीले बताए ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

टिप्परमा मोटरसाईकल ठोक्किँदा एकको मृत्यु

५ चैत्र २०७८, शनिबार ०३:०६
वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगरमा टिप्परमा मोटरसाईक ठोक्किँदा एकको मृत्यु भएको छ । प्रहरी चौकी सुब्बाकुना सुर्खेतका अनुसार शनिबार दिउँसो १२ बजेको समयमा वीरेन्द्रनगर–११ सेडा स्कुल नजिक दुर्घटना भएको हो । रत्नराजमार्ग अन्तरगत पिपिराबाट धुलियाबिट तर्फ गएको १ ख ३३०२ नम्बरको टिप्पर र सोही दिशाबाट जाँदै गरेको भे ७ प १७९९ नम्बरको […]

सम्बन्धित शीर्षक