टिप्परमा मोटरसाईकल ठोक्किँदा एकको मृत्यु

कर्णाली अनलाइन ५ चैत्र २०७८, शनिबार १३:१०

वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगरमा टिप्परमा मोटरसाईक ठोक्किँदा एकको मृत्यु भएको छ । प्रहरी चौकी सुब्बाकुना सुर्खेतका अनुसार शनिबार दिउँसो १२ बजेको समयमा वीरेन्द्रनगर–११ सेडा स्कुल नजिक दुर्घटना भएको हो ।

रत्नराजमार्ग अन्तरगत पिपिराबाट धुलियाबिट तर्फ गएको १ ख ३३०२ नम्बरको टिप्पर र सोही दिशाबाट जाँदै गरेको भे ७ प १७९९ नम्बरको मोटरसाईल टिप्परको पछाडी ठोक्किँन जाँदा मोटरसाईकलमा सवार महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, अन्य घाईतेहरुलाई उपचारको लागी कर्णाली प्रदेश अस्पताल कालागाँउ पठाइएको र टिप्पर चालक र मोटरसाईकल प्रहरीको नियन्त्रणमा राखिएको र मोटरसाईकल चालक फरार रहेको हुँदा खोजि कार्य भैरहेको प्रहरीको भनाई रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रिय शिक्षक संगठन सुर्खेतको अध्यक्षमा भण्डारी सर्वसम्मत चयन

५ चैत्र २०७८, शनिबार १३:१०
सुर्खेत।नेपाल राष्ट्रिय शिक्षक संगठन सुर्खेत, जिल्ला समितिको अध्यक्षमा डिलाराम भण्डारी चयन भएका छन् । शुक्रबार सम्पन्न संगठन सुर्खेत जिल्ला समितिको १३औँ जिल्ला अधिवेशनबाट भण्डारी सर्वसम्मत रूपमा चयन भएका हुन् । यस्तै, उपाध्यक्षमा तेजेन्द्रकुमार गाहा र हरिमाया शर्मा, सचिवमा दलबहादुर शाही, सह–सचिवमा पार्वती पोख्रेल, कोषाध्यक्षमा निलकण्ठ गौतम र सह–कोषाध्यक्षमा देवुमाया चपाईँ […]