प्रधानन्यायाधीशले पेशी तोकेपछि सर्वोच्चका न्यायाधीश छलफलमा

कर्णाली अनलाइन ८ कार्तिक २०७८, सोमबार ०६:२९

काठमाडौँ ।विवादास्पद बनेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले तोकेको पेशीअनुसारको इजलासमा बस्ने नबस्नेबारे न्यायाधीशहरु छलफलमा जुटेका छन्।सर्वोच्चका १४ न्यायाधीशले आइतबार प्रधानन्यायाधीशले बोलाएको फुल कोर्ट बहिष्कार गर्ने बताएका थिए। यस्तै उनीहरुले प्रधानन्यायाधीश राणाले तोकेको पेशीअनुसारको इजलासमा पनि नबस्ने संकेत गरेका थिए।

सोमबार प्रधानन्यायाधीशसहित १३ जना न्यायाधीश सर्वोच्च अदालतमा उपस्थित भएका छन्। नियमित जस्तै प्रधानन्यायाधीश राणाले पेशी तोकेका छन्। तर सोअनुसार इजलासमा बस्ने नबस्नेबारे न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हाम्रो टीमको साझा सभापति उम्मेदवार मै हुँ – रामचन्द्र पौडेल

८ कार्तिक २०७८, सोमबार ०६:२९
नेपालगञ्ज। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वाभाविक रुपमा आफूहरुको टीमबाट साझा सभापति उम्मेदवार आफू भएको बताएका छन्।नेपाल प्रेस युनियन बाँकेले सोमबार आयोजना गरेको पत्रकार भेटघाटमा वरिष्ठ नेता पौडेलले यसअघि पनि सभापति उम्मेदवार रहिसकेकाले आफू स्वाभाविक साझा उम्मेदवार रहेको बताएका हुन्। ‘हाम्रो टीमबाट एकजना सभापतिको उम्मेदवार हुन्छ। यसअघि पनि म […]