काठमाडौँ।नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा शुभकामना दिँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू राजनीतिक दलहरुसँग हातेमालो गर्न तयार रहेको बताएका छन्।उनले राजसंस्थाप्रति संकेत गर्दै जन्मसिद्ध रुपमा कोही पनि शासक हुन नसक्ने बताए। ‘भर्खरभर्खरको बाच्छो राम्ररी हिँड्न जान्दैन, अलि बढी कुद्छ,’ उनले भने।
राजनीति आआफ्ना स्वार्थको रोटी सेकाउने ठाउँ बनेको उल्लेख गर्दै देश बनाउन सँगै जानुपर्ने बताए।उनले नेकपा एमालेले एक्लै हिँड्ने रहन नगर्ने बताए। ‘म कसैको कुरामा वाद/प्रतिवाद गर्न चाहन्न, मलाई मञ्चहरुको कमी छैन,’ उनले भने।
उनले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्ना पुराना नेता भन्न पनि छुटाएनन्।उनले कांग्रेस महाधिवेशनको भव्य सफलताका लागि शुभकामना पनि व्यक्त गरे। उनले नेपाली कांग्रेस पुरानो इतिहास बोकेको र सामाजिक रुपान्तरणमा गौरवपूर्ण योगदान गरेको पार्टी भन्दै प्रशंसा पनि गरे।

