कक्षा १२ को नतिजा प्रकाशित,१ लाख ८८ हजार विद्यार्थी ननग्रेडिङ

कर्णाली अनलाइन १७ भाद्र २०७९, शुक्रबार २०:२७

काठमाडौं ।कक्षा १२ को नतिजा सार्वजनिक भएको छ।राष्ट्रिय परीक्षा बोर्डका प्रशासन महाशाखा प्रमुख जंगबहादुर अर्यालले आज बसेको बोर्ड बैठकले नतिजा प्रकाशित गर्ने निर्णय गरेको जानकारी दिए।

उनले भने, ‘भर्खरै नतिजा प्रकाशित भएको छ। उनका अनुसार बोर्डको वेबसाइटमा गएर नतिजा हेर्न सकिनेछ।’आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा प्रकाशन गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।

परीक्षाफल ग्रेडिङ पद्धतीअनुसार प्रकाशन गरिएको हो। बोर्डका अनुसार ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते सञ्चालन गरिनेछ।

१२ कक्षाको परीक्षामा ४ हजार १७९ परीक्षार्थीले ३ दशमलव ६१ देखि ४ जिपिए ल्याएका छन् भने ३ दशमलव २१ देखि ३ दशमलव ६० जिपिए ल्याउने विद्यार्थी ३० हजार १०७ रहेका छन्।

ननग्रेडेड परीक्षार्थीको संख्या भने १ लाख ८८ हजार ४१० रहेको छ। २ विषयमा ननग्रेडिङ (एनजी) आउने परीक्षार्थीले असोजको अन्तिममा हुने परीक्षामा सहभागी हुन पाउनेछन्। बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चरम गुटबन्दीका कारण माओवादी पार्टी समस्यामा:अध्यक्ष प्रचण्ड

१७ भाद्र २०७९, शुक्रबार २०:२७
सुर्खेत।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीभित्र चर्को गुटबन्दीका कारण समस्या आएको बताएका छन्। शुक्रबार सुर्खेतमा कर्णाली प्रदेशका १० जिल्लाबाट आएका पार्टी कार्यक्रतालाई सम्बाेधन गर्दै उनले कर्णालीभन्दा अन्य प्रदेशमा बढी गुटबन्दी भएको भन्दै पार्टी निर्माणका लागि सबैले गुटगत मानसिकता त्याग्नुपर्ने बताए। अन्य प्रदेशमा गुटका कारण बोलचालसमेत बन्द भएको भन्दै […]