डोल्पामा उम्मेदवारी दर्ता गर्न गएका व्यक्ति कुटिए

कर्णाली अनलाइन १३ बैशाख २०७९, मंगलवार ०८:०३

डोल्पा।डोल्पाको छार्काताङसोङ गाउँपलिका-५ को पिम्री गाउँमा एक व्यक्तिमाथि कुटपिट भएको छ । सोमबार घेराङ गाउँबाट कागकोटमा उम्मेदवारी दर्ता गर्न गएका स्थानीय धावा गुरूङमाथि निवर्तमान वडाध्यक्ष सोनाम साङवो गुरुङको समूहले कुटपिट गरेको हो ।

यसपटक पनि वडाध्यक्षमा सोनामको मात्रै उम्मेदवारी परेको छ । सोनामको समूहले बाटोमा हिंडिरहेका स्थानीयलाई किन कुटपिट गरे भन्ने खुलेको छैन तर आफूविरुद्ध उम्मेदवारी दिन लागेको भन्दै कुटपिट गरेको स्थानीयवासीको आरोप छ ।

घाइते भएका धावाले उम्मेदवारी दर्तासमेत गर्न पाएनन् । कुटपिटबाट घाइते धावाको टाउकोमा गहिरो  चोट लागेको र उपचारसम्म नपाएको स्थानीयवासीले गुनासो गरेका छन् । यसबारे प्रहरी प्रशासनले भने जानकारी नभएको बताएको छ ।घटनाबारे बुझ्दा प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारीले पनि आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले गुराँस गाउँपालिकाको अध्यक्षमा बि.सीको उम्मेद्वारी दर्ता

१३ बैशाख २०७९, मंगलवार ०८:०३
दैलेख।आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि सोमवार निर्वाचन अधिकृतको कार्यालयम पुगेर गुराँस गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट युवा नेता टोप बहादुर विसीले उम्मेद्वारी दर्ता गरेका छनभने उपाध्यक्षमा शिवाकुमारी खड्काले उम्मेद्वारी दर्ता गरेकी छन। नेकपा एमाले प्रदेश कमिटि सदस्य समेत रहेका युवा नेता विसी गुराँस जनताका लोकप्रिय नेताका रुपमा […]