सरकारसँग १० बुँदे सहमतिपछि डा. केसीले तोडे अनशन(यस्तो छ सहमति)

कर्णाली अनलाइन ८ आश्विन २०७९, शनिबार २१:४६

काठमाडौं।विगत १३ दिनदेखि अनशनरत डा. गोविन्द केसीले अनशन तोडेका छन्।उनले आज साँझ सरकारसँग १० बुँदे सहमति भएपछि अनशन तोडेका हुन्।

केसीले बिरामी अल्मान अन्सारीको हातबाट जुस पिएर अनशन तोडेका हुन्। आज भएको सहमतिलाई अनुमोदनका लागि मन्त्रिपरिषद्‌मा पेस गर्ने समेत सम्झौता भएको उनका समर्थित प्रितम सुवेदीले बताए।

केसीका मागमध्ये धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई बर्खास्त गर्ने मागका विषयमा भने कुनै सहमति हुन सकेको छैन । उक्त मागका विषयमा निरन्तर संघर्षमा रहने केसी पक्षले जनाएको छ।

पत्रकार सम्मेलनमा डा. केसीले समयसीमाभित्र माग सम्झौता कार्यान्वयन नभए फेरि अनशन बस्ने चेतावनी दिएका छन्। विभिन्न ७ बुँदे माग राख्दै भदौ २७ गतेदेखि केसीले धनगढीबाट अनशन सुरु गरेका थिए।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतमा दशैँ विशेष सरसफाई तथा डेँगुबाट बच्न सचेतना कार्यक्रम सम्पन्न

८ आश्विन २०७९, शनिबार २१:४६
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शनिबार दशैँ सरसफाई उत्सव आयोजना गरिएकाे छ। वीरेन्द्रनगरमा विभिन्न ब्यानर र गीतका माध्यमबाट सचेतना फैलाउँदै सरसफाइ गरी उत्सव मनाइएकाे हाे । क्लिन एण्ड ग्रिन सुर्खेत’ अभियानअन्तर्गत सुर्खेत उद्योग वाणिज्य संघ, वीरेन्द्रनगर नगरपालिका र वीरेन्द्रनगर नगरपालिका वडा नं ६ को आयोजना तथा अन्य संघ संस्थाको […]