सुर्खेतमा दशैँ विशेष सरसफाई तथा डेँगुबाट बच्न सचेतना कार्यक्रम सम्पन्न

कर्णाली अनलाइन ८ आश्विन २०७९, शनिबार २२:२१

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शनिबार दशैँ सरसफाई उत्सव आयोजना गरिएकाे छ। वीरेन्द्रनगरमा विभिन्न ब्यानर र गीतका माध्यमबाट सचेतना फैलाउँदै सरसफाइ गरी उत्सव मनाइएकाे हाे ।

क्लिन एण्ड ग्रिन सुर्खेत’ अभियानअन्तर्गत सुर्खेत उद्योग वाणिज्य संघ, वीरेन्द्रनगर नगरपालिका र वीरेन्द्रनगर नगरपालिका वडा नं ६ को आयोजना तथा अन्य संघ संस्थाको समन्वयमा भएको सरसफाई कार्यक्रम वीरेन्द्रनगरको मंगलगढीबाट सुरु भएर वीरेद्रचोक हुँदै पिपलचौतार गएर समापन भएको थियो ।

डेँगुबाट बच्न सचेतना कार्यक्रम सम्पन्न देशभर महामारीको रुप लिदै गएको ब्रेकबोन फिभर अर्थात डेंगी ज्वरोको जोखिम बढेको भन्दै वीरन्द्रनगर नगरपालिकाले डेंगु सार्ने एडिज लामखुट्टेको लार्भा खोजी तथा नष्ट अभियान सुरु गरेको छ।

‘क्लिन एण्ड ग्रिन सुर्खेत’का अभियन्ता डा. नवराज केसीले फोहोर उठाउने उत्सव कुनै पनि चाडपर्वको अगाडि मनाउनु पर्ने र फोहोर उठाउनु पनि उत्सव भएको बताए । फोहोरले महामारीको रुप लिएकोले यसको व्यवस्थापनमा सबैलाई एकजुट हुन आव्हान गर्दै सहभागीलाई धन्यवाद दिए ।

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले यो अभियानलाई निरन्तरता दिनुपर्ने र सबैले सहयोग गर्न अपिल गरे। साथै फोहोर जथाभाबी फालेको खण्डमा कानुन बमोजिम कारबाही हुने बताउँदै सरसफाइलाई ध्यान दिन नसके हाम्रो पहिचान हराउँदै जाने र सफा सुन्दर नगर बनाउने यो अभियानबाट पछिल्लो पुस्तालाई पनि मार्ग निर्देश गरेको बताए ।

सरसफाई उत्सवमा वीरेन्द्रनगर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी, विभिन्न संघ संस्था, विद्यार्थी, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चाडपर्व लक्षित कर्णालीमा सुरक्षा योजना-चार हजार बढी प्रहरी परिचालन गरिने

८ आश्विन २०७९, शनिबार २२:२१
सुर्खेत । ठूला चाडपर्व नजिकिएसँगै हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न कर्णालीमा चार हजारभन्दा बढी प्रहरी खटाइने भएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयले चाडपर्व सुरक्षा योजना २०७९ जारी गर्दै हुनसक्ने आपराधिक घटना नियन्त्रणका लागि प्रदेशभर चार हजार एक सय ४१ प्रहरी जनशक्ति खटाइने जनाएको हो। यसैबीच चाडपर्वको अवसरमा हुनसक्ने आपराधिक गतिविधिको सम्भावित […]

सम्बन्धित शीर्षक