होटलको छतबाट लडेर पर्यटकको मृत्यु

कर्णाली अनलाइन ७ बैशाख २०७९, बुधबार १६:२७

काठमाडौं । काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टे उकालोस्थित मनाङ होटलको सातौँ तलाको छतबाट लडेर आज एक पर्यटकको मृत्यु भएको छ ।मृत्यु हुनेमा आयरल्याण्डका नागरिक राहदानी नम्बर पीएच ४९०५२३१ वाहक ३२ वर्षीय एलान फिलिप्स एमसी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

घटनाको अनुसन्धान तथा सोधपुछका लागि उनकै साथी ब्रिटेन नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ । उक्त घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ढुङ्गा–गिट्टी निकासी गर्ने कार्य रोक्न परमादेश

७ बैशाख २०७९, बुधबार १६:२७
काठमाडाैं।सर्वोच्च अदालतको संवैधानिक इजलासले  प्राकृतिक स्रोत दोहन गरी ढुङ्गा–गिट्टी निकासी गर्ने कार्य रोक लगाउन सरकारका नाममा परमादेश गरेको छ।कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले आज उक्त परमादेश गरेको हो। परमादेशमा भनिएको छ, “प्राकृतिक स्रोतको दोहन गरी गिट्टी, ढुङ्गा, […]