शान्ति सैनिकका रूपमा कंगाेमा खटिएका सुर्खेतका गुरुङकाे विद्रोहीको आक्रमणबाट मृत्यु

कर्णाली अनलाइन २४ चैत्र २०७८, बिहीबार ०५:२९

सुर्खेत ।अफ्रिकी मुलुक कंगोमा शान्ति सैनिकका रूपमा खटिएका एक नेपाली सैनिकको मृत्यु भएको छ । मंगलबार विद्रोहीको आक्रमणमा घाइते भएका ती सैनिकको मृत्यु भएको हो । मृत्यु हुनेमा सुर्खेत गुर्भाकोट नगरपालिका(१४ का सिपाही अनिल गुरूङ रहेको नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

अपरेसन ‘बाली’को दौरान प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा खटिएको नेपाली शान्ति सेनाको टोलीमाथि विद्रोही मिलिसियाले आक्रमण गरेका थिए । संयुक्त राष्ट्रसंघका महासचिवले शोक विज्ञप्ति जारी गरी मृतक नेपाली सैनिकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै शान्ति सेनामाथि गरिए त्यसपछि विद्रोहीले अज्ञात स्थानबाट अचानक गरेको फायरबाट त्यहाँ कार्यरत ती सैनिक घाइते भएका थिए । घाइते सैनिकको हेलिकप्टरमार्फत् उद्धार गरी बुनियाँस्थिल लेबल २ अस्पतालमा पुर्‍याइएको थियो । तर उपचारका क्रममा उनको मृत्यु भएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चैत्र २५ देखि ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइँदै

२४ चैत्र २०७८, बिहीबार ०५:२९
काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्ध बालबालिकालाई दिइन लागिएको खोपको शुभारम्भ गरेका छन ।रानीपोखरीस्थित दरबार हाइस्कुलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले खोप अभियानको सुभारम्भ गरेका हुन् । आजदेखि सुरु भएको खोप अभियान आगामी बैशाख २५ गतेसम्म चल्लेछ ।यो अभियानको क्रममा १५ महिनादेखि १५ वर्ष उमेरसमुहका बालबालिकालाई दिइनेछ ।७५ लाख बालबालिकालाई शुक्रबारदेखि […]