काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्ध बालबालिकालाई दिइन लागिएको खोपको शुभारम्भ गरेका छन ।रानीपोखरीस्थित दरबार हाइस्कुलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले खोप अभियानको सुभारम्भ गरेका हुन् ।
आजदेखि सुरु भएको खोप अभियान आगामी बैशाख २५ गतेसम्म चल्लेछ ।यो अभियानको क्रममा १५ महिनादेखि १५ वर्ष उमेरसमुहका बालबालिकालाई दिइनेछ ।७५ लाख बालबालिकालाई शुक्रबारदेखि खोप दिइदैछ । नेपालमा पहिलो पटक यो खोप दिइन लागिएको हो । १५ महिनादेखि १५ वर्ष उमेर समुहका झण्डै ७५ लाख बालबालिकालाई यो खोप दिने सरकारको लक्ष्य रहेको छ ।
नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन सरकारले सवैमा अनुरोध गरेको छ ।नेपालले पछिल्लो १० वर्षदेखि खोप लगाउने विषयमा गृहकार्य गदैँ आएको थियो ।