पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना संक्रमण

कर्णाली अनलाइन १५ बैशाख २०७९, बिहीबार ११:४७

काठमाडौँ।नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन्।

बिहीबार १८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर २४९ जना सक्रिय संक्रमित रहेका छन्।गत चौबीस घन्टामा ४ हजार ८८२ पीसीआर तथा ९ सय ९३ एन्टिजेन परीक्षण भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्थानीय तह निर्वाचन:३० बैशाखमा सार्वजनिक बिदा दिन सरकारसँग आयोगको सिफारिस

१५ बैशाख २०७९, बिहीबार ११:४७
काठमाडौँ। । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ।३० बैशाखमा देशभर सार्वजनिक बिदा दिन सरकारसँग आयोगले सिफारिस गरेको छ ।त्यसका लागि निर्वाचन आयोगले मुख्य सचिवमार्फत सरकारलाई अनुरोध गरेको छ। विगतमा पनि मतदानको दिन सार्वजनिक बिदा दिने गरिएको थियो।यसपटक पनि मतदानको दिन सार्वजनिक बिदाका लागि […]