२४ घण्टामा देशभर कोरोना संक्रमणबाट १३ जनाको मृत्यु, १५ सय ७० संक्रमित

कर्णाली अनलाइन २४ माघ २०७८, सोमबार ११:५४

काठमाडौं ।देशभर पछिल्लो समय कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ। स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै मृत्यु हुनेको संख्या ११ हजार ८ सय २७  जना पुगेको छ।

थप ११ हजार तीन सय ६५ जनाको कोरोना परीक्षण गर्दा एक हजार पाँच सय ७० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यस अवधिमा ६ हजार एक सय ४६ जना कोरोना मुक्त भएका छन्।

त्यस्तै काठमाडौंमा तीन सय ५०,भक्तपुरमा २८ र ललितपुरमा ५९ जना गरी उपत्यकाभित्र ४ सय ३७ जना संक्रमित थपिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले सांसद बानियामाथि बलात्कारको आरोप

२४ माघ २०७८, सोमबार ११:५४
बाँके।सांसद मोहन बानियाविरुद्ध बलात्कारको आरोप लागेको छ।नेकपा एमालेका नेता बानियाविरुद्ध जुम्लाकी एक शिक्षिकाले बलात्कारको आरोप लगाएकी हुन्। शाही थरकी शिक्षिकाले नेपालगञ्जको अप्सरा होटलमा बानियाले बलात्कार गरेको आरोप लगाएकी छन्। जिल्ला प्रहरी कार्यालय बाँकेमा सोमबार जाहेरी दिँदै शिक्षिका शाहीले नेपालगञ्जको होटलमा बसेको बेलामा सांसद बानियाले दुई पटक बलात्कार गरेको बताएकी छन्। […]