गुराँस गाउँपालिका- ‘गर्भवती महिलासंग उपाध्यक्ष कार्यक्रम’ (कार्यसूचि सहित)

कर्णाली अनलाइन ५ असार २०८०, मंगलवार २३:२६

दैलेख।जिल्लाको गुराँस गाउँपालिकाले ‘गर्भवतीसँग उपाध्यक्ष कार्यक्रम’ बुधबारबाट लागु गर्ने भएको छ ।पालिकाले गर्भवती महिलालाई स्वास्थ्य संस्थाको पहुँचसम्म पुर्याउन सुनौलो हजार दिन अन्तर्गत गर्भवतीसँग उपाध्यक्ष कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

गाउँपालिकाभित्रका कोही पनि गर्भवती महिला गुणस्तरयुक्त पोषण र उपचारको अभावमा मृत्युवरण गर्न नपरोस भन्ने उद्देश्यले यस्तो कार्यक्रम सुरु गरिएको गाउँपालिका उपाध्यक्ष शिवा खड्काले जानकारी दिइन।

आर्थिक वर्ष ०७९ /०८० को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत गर्भवती महिलाको पोषणका लागि यो कार्यक्रम अघि बढाइएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बम बहादुर केसीले जानकारी दिए।

उक्त कार्यक्रम अन्तर्गत निरन्तररुपमा स्वास्थ्य संस्थामा जाँच गर्ने महिलालाई कोसेलीमा पोषिलो खानेकुराका साथै अल्ट्रासाउण्ड जाँच (भिडियो एक्स-रे) समेत उपलब्ध गराउने प्रमुख प्रशासकीय अधिकृत केसीले जानकारी दिए।उक्त कार्यक्रम ८ दिन चल्ने भएको छ।

तपशिल कार्यतालिका बमोजिम:-


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काभा भलिबलः नेपाल इरानसँग पराजित

५ असार २०८०, मंगलवार २३:२६
काठमाडौँ ।कीर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपाल इरानसँग पराजित भएको छ। कीर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा आज भएको खेलमा नेपाल इरानसँग ३–० को सोझो सेटमा पराजित भएको हो। इरानले नेपाललाई पहिलो सेट २५–१६, दोस्रो सेट २५–२२ तथा तेस्रो सेट २५–२२ ले पराजित गर्‍यो। […]