लैनचौरस्थित शहीद स्तम्भमा प्रधानमन्त्री देउवाद्वारा मार्ल्यापण

कर्णाली अनलाइन १६ माघ २०७८, आईतवार ०६:१०

काठमाडौँ।काठमाडौँको लैनचौरस्थित शहीद स्तम्भमा पुगेर प्रधानमन्त्री शेरबहादुर देउवाले शहीदप्रति सम्मान प्रकट गरेका छन् । प्रधानमन्त्री देउवाले आइतबार त्यहाँ रहेको शहीद स्तम्भमा माल्यार्पण गरेका हुन् ।

शहीद दिवसको अवसरमा काठमाडौँ महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवा सहभागी भएका हुन् । प्रधानमन्त्रीसहित सो कार्यक्रममा विभिन्न दलका नेता तथा सरकारी कर्मचारी एवम् सुरक्षाकर्मीको सहभागिता थियो ।

हरेक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आइतबार देशभर मनाइँदै छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विद्यार्थीलाई आजदेखि पाँच दिनसम्मकोरोना विरुद्धको खोप

१६ माघ २०७८, आईतवार ०६:१०
काठमाडौं। आजदेखि पाँच दिनसम्म विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाइने भएको छ। देशभरका विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन बन्द रहेपनि खोप लगाउने प्रयोजनका लागि विद्यालय खुल्ने भएका हुन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खोप लगाउन छुटेका १२ देखि १७ वर्ष उमेरका विद्यार्थीलाई माघदेखि २० सम्म विद्यालयमै खोपको व्यवस्था गर्न निर्देशन दिएको थियो। […]