कालिकोटको खुलालु पुलमा ठेगेदारको मनपरि

कर्णाली अनलाइन १६ पुष २०७८, शुक्रबार ०६:३५

कालिकोट।कर्णाली राजमार्गबाट कर्णाली करिडोर जोड्ने खुलालु पुल माथी ठेगेदारको मनपरी चल्दा सर्वसाधारणले सास्ती खेप्दै आएका छन। मनलाग्दी पुल बन्द गर्ने र मनलाग्दी सञ्चालन गर्दा यात्रु वाहक गाडी र मालमाहक गाडी अलपत्र पर्ने गरेका छन।

पटकपटक निर्माणको लागि ठेक्का हुँदै अलपत्र पर्दै आएको पुल गत असोजमा ढलान भएपछि कात्तिक अन्तिम सातादेखि सञ्चालनमा आए पनि ठेगादारले पहुँच र पैसाको भरमा गाडी पुलमाथी आवतजावत गर्ने दिने, पहुच र पैसा नहुनेको लागी अनेक समस्या देखाएर रोकिदिने एक ट्रक चालकले बताए। उनले भने म भन्दा पछि आएका साथीहरु हाम्रो त कुरा भैसकेको छ ठेगेदारसगं भन्दैँ खुलालु पुल हुदै कर्णाली करिडोरतर्फ लागे मेरो कोही संग चिनजान थिएन मेरो साहुजीको पनि कोही सगं चिनजान रहिन्छ मेरो गाडी जान पाएन। आज १० वर्ष भयो गाडी चलाउन लागेको तर यस्तो विभेत कहिले पनि भोक्नु परेको थिएन आज धेरै दुख लागेको छ” ।

नाम नभन्ने सर्तमा खुलालु पुलमा काम गदैँ आएका एक जना कामदारले भने ”पहिले नेै ठेगेदार सगं कुरा गर्नु पर्छ नत्र सवैलाईअनुमति दिदैनन् कि उहाँसग पहिले नै राम्रो सम्वन्ध बनाउनु पर्छ दिउँसोमा रंङ लगाउने काम हुन्छ गाडी त रातीमा मात्रै पास हुन्छ त्यही पनि ठेगेदारको मोड चलेमा मात्र हुने हो हाम्रो कुरा कसैले सुन्दैन्न के गरु उनले भने हामी काम गरी खाने मान्छे हो यस्तो कुरा गरेको थाहापाए भने काम बाटै निकालदिन्छन’।

१२ वर्षअघि उपप्रधानमन्त्री रामचन्द्र पौडेल र ०६९ मा भौतिक पूर्वाधारमन्त्री विमलेन्द्र निधिले पुलको शिलान्यास दुईपल्ट गरेका थिए ।पटकपटक निर्माणको लागि ठेक्का हुँदै अलपत्र पर्दै आएको पुल गत असोजमा ढलान भएपछि कात्तिक अन्तिम सातादेखि सञ्चालनमा आएको हो । पुल सञ्चालनमा आएपछि सुर्खेतबाट कालीकोटको पश्चिम उत्तरी भेगसहित बाजुरा, मुगु र हुम्लाको सिमानासम्म एउटै गाडीबाट यात्रा गर्ने र मालसाम्रागी ढुवानी गर्ने सकिने भएपनि पहुचवालाको रजाइ बनेको छ।

कर्णाली नदीमा पक्की पुल बनेपछि गाउँसँग सहरी क्षेत्रहरू सजिलै जोड्न सकिने दैनिक उपभोग्य बस्तु,निमार्ण सामग्रीको ढुवानी गर्न यात्रुलाई आवागमन गर्न निकै सहज हुने आशा गरेपनि समयमै पुलको निमार्णकार्य सम्पन नहुँदा आशा निराशामा परिणत भएका छन ।

ठेकेदारको लापरवाहीले लामो समयदेखि पुल निर्माणको काम अलपत्र परेको थियो । खुलालुस्थित कर्णाली नदीमा पक्की निर्माणको ठेक्का ०६९ मा दुई वर्षभित्र सम्पन्न गर्नेगरी कन्काइ जेभीले लिए पनि काम हुन सकेन । काम नभएपछि सडक डिभिजन कार्यालयले उक्त कम्पनीको ठेक्का रद्द गरी पुनः ठेक्का गरेको थियो । सुरुमा १३ करोड लागत रहेको पुल अहिले बढेर भ्याटसहित १५ करोड ९२ लाख रुपैयाँ पुगेको थियो । अहिले स्टिल ट्रससहितको ७५ मिटर लम्बाइ र ९ मिटर चौडाइको पक्की पुल बनेको हो ।

भारतको रुपैडियादेखि चीनको मानसरोवर जोड्ने कर्णाली करिडोरअन्तर्गत खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्मको सडक निर्माण गरी गत असारमा सेनाले सडक विभागलाई हस्तान्तरण गरिसकेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सबै निर्वाचन ताेकिएकै समयमा हुन्छ :गृहमन्त्री खाँण

१६ पुष २०७८, शुक्रबार ०६:३५
  कास्की। गृहमन्त्री बालकृष्ण खाँणले सबै तहका निर्वाचन तोकिएकै मितिमा सकिने बताएका छन्। पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले निर्वाचन ताेकिएकाे मितिभित्र शान्तिपूर्ण ढंगले सक्ने बताए। ‘सबै निर्वाचनहरू समयमै सम्पन्न हुन्छन्। सरकारले शान्ति सुरक्षा प्रदान गर्नेछ’, उनले भने, ‘स्वतन्त्र र भयमुक्त वातावरणमा जनताले मत दिएका र विश्वास पाएका प्रतिनिधि छनोट हुनेछन्।’ उनले […]