विद्यार्थीलाई आजदेखि पाँच दिनसम्मकोरोना विरुद्धको खोप

कर्णाली अनलाइन १६ माघ २०७८, आईतवार ०६:२०

काठमाडौं। आजदेखि पाँच दिनसम्म विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाइने भएको छ। देशभरका विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन बन्द रहेपनि खोप लगाउने प्रयोजनका लागि विद्यालय खुल्ने भएका हुन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खोप लगाउन छुटेका १२ देखि १७ वर्ष उमेरका विद्यार्थीलाई माघदेखि २० सम्म विद्यालयमै खोपको व्यवस्था गर्न निर्देशन दिएको थियो। सोही अनुसार स्थानीय तहले सूचना जारी गर्दै खोप लगाउन आह्वान गरेका छन्।

काठमाडौं महानगरपालिकाले विद्यालय खोप अभियान सञ्चालन भइरहेकाले खोप लगाउन छुटेका विद्यार्थीको विवरण अद्यावधि गरेर विद्यालय वा नजिकैको खोप केन्द्रमा खोप लगाउन निर्देशन दिएको छ। त्यसका लागि स्थानीय तहका वडामा रहेका सामुदायिक सहरी स्वास्थ्य क्लिनिकसँग समन्वय गर्न विद्यालयलाई भनिएको छ।

१२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई मोडर्ना खोप दिइँदै आइएको छ। यसअघि २७ पुसदेखि १५ माघसम्म सबै विद्यालय बन्दको निर्णय भएकामा लम्ब्याएर माघ मसान्तसम्म कायम गरिएको छ। खोप लगाएको सुनिश्चित गरेपछि परीक्षा सञ्चालन गर्ने सरकारको तयारी छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संवैधानिक व्यवस्थानुसार जेठमा निर्वाचन नभए पदबाट राजीनामा दिने अध्यक्ष ओलीको घोषणा

१६ माघ २०७८, आईतवार ०६:२०
दैलेख।जिल्लाको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले संवैधानिक व्यवस्थानुसार आउँदो जेठमा स्थानीय तहको निर्वाचन नभए पदबाट राजीनामा दिने घोषणा गरेका छन्।स्थानीय सरकारको अवधि पाँच वर्षको रहने भनी संविधानमा व्यवस्था भएको र त्यही आधारमा आगामी जेठ महिनामा पाँच वर्ष पुग्ने भएकाले यसअवधिमा निर्वाचन नभएमा आफूले गाउँपालिका अध्यक्षबाट राजीनामा दिने ओलीको घोषणा छ। […]

सम्बन्धित शीर्षक