चिसाेका कारण जाजरकाेटमा एक महिने शिशुकाे ज्यान गयाे

कर्णाली अनलाइन ४ मंसिर २०८०, सोमबार १९:१३

 

जाजरकाेट।चिसोका कारण जाजरकोटमा भूकम्प प्रभावित थप एक जनाको ज्यान गएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनकी एक महिने छोरी निरुताको चिसोका कारण ज्यान गएको हो ।

चिसोका कारण केही दिनदेखि बिरामी भएकी छाेरीकाे जिल्ला अस्पताल जाजरकोटमा उपचारका क्रममा आज साेमवार ज्यान गएको हो । जाजरकोटमा चिसोका कारण ज्यान गुमाउने भूकम्प पीडितको सङ्ख्या नौ जना पुगेको छ ।

त्रिपालमुनिको बसाइका कारण बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ । भेरी नगरपालिका १ र २ मा मात्र २५ जनाभन्दा धेरै बालबालिका बिरामी परेका छन् । त्रिपालभित्रको बसाइ र अत्यधिक चिसोका कारण भूकम्प प्रभावितहरू बढी समस्यामा रहेका र ज्यान गुमाउने तथा सिकिस्त हुने क्रम बढेको बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताउनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मंसिर ७ गते माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा

४ मंसिर २०८०, सोमबार १९:१३
काठमाडौँ ।जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको छ।उक्त क्षेत्रलाई सोमबारदेखि आगामी ३० दिनसम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारीले जितेन्द्र बस्नेतले बताएका छन्। प्रशासनका अनुसार सो क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा […]