आगोको अगुल्टाले हान्दा बझाङमा एकजनाको मृत्यु

कर्णाली अनलाइन १२ मंसिर २०७८, आईतवार ०३:४६

बझाङ।जयपृथ्वी नगरपालिका–७ ज्वाडाका ४७ वर्षीय पिरु भण्डारीकोे कुटपिटबाट मृत्यु भएको छ। सोही वडाका दीपेन्द्र थापाले कुलीबाँध घाटमा आगो तापिरहेका बेला एकापसमा भनाभन हुँदा भण्डारीलाई आगोको अगुल्टाले हान्दै कुटपिट गरेकाे जनाइएको छ।

घाइते भण्डारीलाई शनिबार राति उपचारका लागि जिल्ला अस्पताल ल्याइएको र उपचारका क्रममा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। थापालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सर्वसम्मत वरिष्ठ उपाध्यक्ष पाए अध्यक्षको दाबी छोड्छु – भीम रावल

१२ मंसिर २०७८, आईतवार ०३:४६
चितवन। सर्वसम्मत वरिष्ठ उपाध्यक्ष पाए अध्यक्षको दाबी छोड्न सक्ने सन्देश नेता भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पठाएका छन्।ओली निकट नेताहरुसँग शनिबार राति भएको छलफलका क्रममा नेता रावलले सर्वसम्मत वरिष्ठ उपाध्यक्ष पाएमा अध्यक्षको होडबाट पछि हड्ने बताएको स्रोतले जानकारी दिएको छ। रावलले सो सन्देश ओली निकट नेताहरुमार्फत पठाएका हुन्। एमालेको […]