बुहारीको कुटाइबाट सासूको ज्यान गयो

कर्णाली अनलाइन ९ असार २०८०, शनिबार १०:४३

धनकुटा।बुहारीको कुटपिटबाट सासूको मृत्यु भएको छ । साँगुरीगढी ४ फाक्सिबमा आफ्नै सासूलाई कुटपिट गरी हत्या गरेपछि बुहारी पक्राउ परेकी छिन् ।जिल्ला प्रहरी कार्यालय, धनकुटाका अनुसार यसरी पक्राउ पर्नेमा ३२ वर्षीया विष्णुमाया लिम्बु रहेकी छिन । प्रहरीका अनुसार गत आइतबार ६३ वर्षीया सासू शूकमाया लिम्बुलाई कुटपिट गरेको र उपचारको क्रममा उनको निधन भएपछि उनलाई पक्राउ गरिएको हो ।

घरायसी विवादमा बुहारीले सासूलाई कुटपिट गरेको र मृतक सासूको घाँटीमा नीलडाम देखिएको अनुसन्धानमा खुलेको छ । मृतकका भाइ गजेन्द्रले विष्णुमायाविरुद्ध प्रहरीमा किटान जाहेरी दिएपछि बुहारी विष्णुमायालाई पक्राउ गरिएको प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए । पक्राउ परेकी बुहारीलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराई अनुसन्धान सुरु गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु

९ असार २०८०, शनिबार १०:४३
दाङ।दाङमा चट्याङले लागेर दुई जनाको मृत्यु भएको छ। दंगीशरण गाउँपालिका–३ का ३७ वर्षीय वीरेन्द्र भनिने रामनारायण चौधरी र वडा नं. ६ का ३२ वर्षीय शमिर केसीको चट्याङबाट मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार चौधरीको शनिबार साँझ ६ बजेर ४० मिनेट जाँदा र केसीको पौने […]

सम्बन्धित शीर्षक