सोसेक नेपालको संरक्षणमा राखिएकी कालीकोटकी गीताको सङ्कास्पद मृत्यु

कालिकोट संवाददाता ७ आश्विन २०८०, आईतवार १६:५५

कालिकोट। कालिकोटमा एक युवतीको संकास्पद मृत्यु भएको छ । जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–१, लुसा माइती घर भएकी २५ वर्षीया गीताकुमारी जैसी शाहीको झुण्डिएको अवस्थमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक (डिएसपी) अर्जुन केसीले जानकारी दिए । उनका परिवारले सुरक्षाका कारण लिन नमानेपछि उनको संरक्षण र मनोसामाजिक परामर्शका लागि सोसेक नेपाल नामक गैरसरकारी संस्थाद्वारा सञ्चालित महिला र बालबालिका केन्द्र (सेल्टर) मा राखिएकोमा आइतबार विहान शौचालयको ढोकामा झुण्डिएको अवस्थामा संकास्पद मृत्यु भएको हो ।

जोखिममा रहेका महिला र बालबालिकाको उद्दार, राहत र पुनसर््थानाका लागि सोसेकले सेल्टर स्थापना गरेर काम गर्दै आएको भएपनि राखिएको केही दिनमै उनको मृत्यु भएपछि घटनालाई संकास्पद मानिएको छ । ‘उहाँ गत भदौं २२ गते वेपत्ता हुनुभयो भनेर आफन्त आन्दोलित हुनु भएको थियो, उहाँपछि सम्पर्कमा आएपछि सुरक्षाको कारण देखाउँदै आफन्तले उहाँलाई लिन नमानेपछि हामीले संरक्षण र मनोपरामर्शका लागि सोसेक नामक संस्थामा राखेका थियौं,’ डिएसपी केसीले भने, ‘त्यहीक्रममा हाज विहान सवा नौं बजे सलको पासो लगाएर झुण्डिएको अवस्थामा शव भेटिएको खबर हामीलाई आयो ।’

सव घटनास्थल मै रहेको र आफन्त आएपछि पोष्टमार्टका लागि प्रक्रिया अगाडि बढाइने उल्लेख गर्दै हत्या वा आत्महत्या के हो भन्ने विषय अनुसन्धानपछि मात्रै खुल्ने डिएसपी केसीले जानकारी दिए । यता आफन्तले भने श्रीमानको लामो समयदेखिको मानसिक तथा शारीरिक यातना सहन नसकेर आत्महत्या गरेको दावी गरेका छन् । संरक्षणमा राखिएको अवस्थामा गीताको रहस्यमय मृत्यु हुनुले आफन्तहरुले आत्महत्या नभई हत्या भएको बताउँदै आएका छन् ।

कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–१ लुसाका ५५ वर्षीय धनीराम जैसीको तीन वर्षअघि २८ भदौ २०७७ मा मृत्यु भयो । घरबाट स्थानीय जिते बजारतर्फ जाँदै गरेका उनी भीरबाट खसेका थिए । आफन्त र प्रहरीले यो घटनालाई दुर्घटनाको रुपमा लिए । तर, ९ भदौं २०८० मा जैसीको मृत्युको कारण दुर्घटना नभएर भीरबाट धकेलेर मारेको भन्ने खुल्यो । दैलेख जिल्ला भगवतीमाई गाउँपालिका वडा नम्बर ५ कट्टीका स्थानीय दानबहादुर शाहीले गीता जैसीसँग अवैध सम्बन्ध राखेर एक छोरासमेत जन्माएका थिए । उनी कालीकोट सदरमुकाम मान्म बस्दै आएका थिए ।

माइती पक्षले आफ्नी छोरीको जिम्मा लिन दबाब दिएका थिए । शाहीले गर्भ बसिसकेकाले कान्छी श्रीमतीका रूपमा स्वीकार पनि गरेका थिए । छोरा जन्मेसँगै शाहीले कान्छी श्रीमतीलाई शारीरिक तथा मानसिक हिंसा दिन सुरु गरेका थिए । छोरीलाई हिंसा गरेको माइती पक्षलाई मन परेन । गीताका माइती पक्षले हिंसा नगर्न र अति गरे कानुनी निकायमा पुग्ने चेतावनी दिएका थिए । हिंसा बढ्दै गएपछि गीताका माइती पक्षले दानबहादुर शाही (गीताका श्रीमान्) विरुद्ध गीतालाई नै प्रहरीमा उजुरी गर्न लगाए । आफूलाई प्रहरीमा उजुरी गरेको र गीताले पनि अदालतमा अंशवण्डाको मुद्दा दर्ता गराएपछि भने उनका बुवाको मृत्युको कारण खुल्न पुग्यो ।

एमाले कालीकोट पार्टी कार्यालय सचिवसमेत रहेका शाहीले आफ्नो कान्छी श्रीमतीलाई म्यासेन्जरमार्फत मुद्दा फिर्ता नलिए बुवा (ससुरा) लाई जस्तै केटाहरु प्रयोग गरेर आमा–छोराको हत्या गर्ने धम्की दिन थालेका थिए । म्यासेन्जरमा वकिल, न्यायाधीशलाई आफूले किनेको, पैसा भएमा सबै थोक हुने भन्दै गीता र छोराको पनि त्यहीँ अवस्था बनाइदिने लेखिएको छ । ‘तँ र तेरो छोरालाई पनि मान्छे लगाएर मारिदिन्छु, ठकुरीको छोरा हुँ पछि हट्दैन,’ गीतालाई पठाएको म्यासेजमा उनले भनेका छन्, ‘तिमीहरूलाई मारेपछि कसरी अंश लिन्छौँ म पनि हेर्छु ।’ बारम्बारको श्रीमानले म्यासेन्जरमार्फत दिएको धम्कीसहित उजुरी लिएर गीता प्रहरी जिल्ला प्रहरी कार्यालय कालीकोट पुगिन् ।

प्रहरीले उनको उजुरी दर्ता गर्न मानेन । म्यासेन्जरमार्फत ससुरालाई आफूले मान्छे लगाएर मारेको बताएपछि गीताका दाजु गौरी जैसीले भदौ ९ गते कर्तव्य ज्यान मुद्दा प्रहरीमा दर्ता गराए । प्रहरीले उनलाई १० गते पक्राउ ग¥यो । प्रहरीले दानबहादुरलाई पक्राउ गरेसँगै उनकी कान्छी श्रीमती गीता र छोरा भदौं २० मा कोठाबाट हराएका थिए । उनीहरु हराएको तीन दिनपछि नेपालगन्जमा भेटिएका थिए । त्यसबेला गीताका आफन्तले दानबहादुरले नै आमा–छोरालाई ‘गायब’ बनाएको आरोप लगाएका थिए । गीता वेपत्ता भएपछि आफन्तले दानबहादुरले नै श्रीमती र छोरालाई गायब बनाएको भन्दै भदौं २२ गते दिनभर जिल्ला प्रहरी कार्यालय कालीकोटमा धर्नासमेत दिएका थिए । गीताको जिल्ला अदालत कालीकोटमा सम्बन्धविच्छेद र अंशबन्डाको मुद्दा चलिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुदूरपश्चिममा करिब ८ महिनापछि विषयगत समितिको निर्वाचन मिति घोषणा

७ आश्विन २०८०, आईतवार १६:५५
सुर्खेत।सुदूरपश्चिम प्रदेशसभामा करिब ८ महिनापछि विषयगत समितिको निर्वाचनको मिति निर्धारण गरिएको छ ।आगामी शुक्रबार असोज १२ विषयगत समितिको निर्वाचनको हुने भएको हो ।आइतबार समितिका सभापतिहरुको निर्वाचन कार्यतालिका समेत प्रकाशित गरिएको छ । कार्यतालिकाअनुसार असोज ११ गते बिहीबार नै मतदाताको नामावली प्रकाशन, सभापतिका उम्मेदवारको उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्ता लगायतका काम पूरा […]