प्युठानमा आमाछोरा मृत फेला

कर्णाली अनलाइन २ मंसिर २०८०, शनिबार २१:३६

सुर्खेत।प्युठानमा आमाछोरा मृत फेला परेका छन् । जिल्लाको नौबहिनी गाउँपालिका–३ खवांगमा आमाछोरा मृत फेला परेका हुन् ।खवांगको काइया भन्ने स्थानमा स्थानीय २२ वर्षीया रिमा बुढामगर शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

त्यसैगरी ३ वर्षीय छोरा मुस्कान बुढामगर शनिबार मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बाहानेले जनाएको छ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख ईश्वर थापा नेतृत्वको टोली खटेर अनुसन्धान गरिरहेको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

 चार देशीय महिला टी–२० क्रिकेट शृङ्खलामा नेपाल तेस्रो

२ मंसिर २०८०, शनिबार २१:३६
काठमाडौँ। चार देशीय महिला टी–२० क्रिकेट शृङ्खलामा नेपाल तेस्रो भएको छ । आज भएको खेलमा जापानलाई ४५ रनले हराउँदै नेपाल तेस्रो भएको हो । नेपालले दिएको एक सय १६ रनको लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७० रन मात्रै बनायो । जापानकी ओपनर अकारी निशीमुराले २९ रन बनाइन् […]