चार देशीय महिला टी–२० क्रिकेट शृङ्खलामा नेपाल तेस्रो

कर्णाली अनलाइन ३ मंसिर २०८०, आईतवार १०:५६

काठमाडौँ। चार देशीय महिला टी–२० क्रिकेट शृङ्खलामा नेपाल तेस्रो भएको छ । आज भएको खेलमा जापानलाई ४५ रनले हराउँदै नेपाल तेस्रो भएको हो ।

नेपालले दिएको एक सय १६ रनको लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७० रन मात्रै बनायो ।

जापानकी ओपनर अकारी निशीमुराले २९ रन बनाइन् । हिनासी गोटोले १६ रन बनाइन् । नेपालका सङ्गीता राई, सीता रानामगर, इन्दु बर्मा, खुशी डङ्गोल र सोनी पाख्रिनले समान एक विकेट लिए ।

त्यसअघि हङकङ क्रिकेट क्लब मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय १५ रन बनाएको थियो ।

नेपालकी पूजा महतोले ४३ रन बनाइन् । रोमा थापाले २२, रुविना क्षेत्रले २१ र इन्दु बर्माले १२ रन बनाए । यसअघि तान्जानियासँग २७ रन र हङकङसँग ९ विकेटले पराजित भएको नेपालले जापानलाई ६७ रनले हराएको थियो । त्यही जापानलाई हराउँदै नेपाल शृङ्खलाको तेस्रो भएको हो ।

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एकदिवसीय विश्वकप विजेता बन्यो अस्ट्रेलिया

३ मंसिर २०८०, आईतवार १०:५६
काठमाडौँ।अस्ट्रेलियाले भारतलाई ६ विकेटले सहजै पराजित गर्दै आईसीसी एकदिवसीय विश्वकप उपाधि जितेको छ।भारतले पहिले ब्याटिङ गर्दै जितका लागि दिएको २४१ रनको लक्ष्य अस्ट्रेलियाले ७ ओभर खेल्न बाँकी रहँदै ४ विकेटमात्र गुमाएर भेट्टायो। ट्राभिस हेडको शतक र मार्नस लाबुशेनको अर्धशतकको सहायताले अस्ट्रेलियाले सहजै उपाधि जित्यो।अस्ट्रेलियाले यसपटकको सहित गरेर छैटौँपल्ट एकदिवसीय विश्वकप जितेको कीर्तिमान पनि बनाएको छ। यसअघि अस्ट्रेलियाले सन् […]

सम्बन्धित शीर्षक