एकीकृत समाजवादीले जेठभित्र जिल्ला अधिवेशन सक्ने

कर्णाली अनलाइन ११ माघ २०७९, बुधबार १६:५६

काठमाडौँ ।एकीकृत समाजवादीले कार्यतालिका नै बनाएर पार्टीलाई पुनःगठन गर्ने भएको छ।तत्कालका लागि वडा तहदेखि कम्तिमा प्रदेश तहसम्मका कमिटीहरुलाई पुनः गठन तथा अविधेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको हो।संगठन विभागले गत पुस ६ गते गरेको निर्णयअनुसार माघ २१ र २२ गते केन्द्रीय कमिटिको बैठक आह्वान भएको छ।

महासचिव वेदुराम भुसालले सार्वजनिक गरेको कार्यतालिका अनुसार पार्टीका कमिटी गठन हुन बाँकी रहेका पालिका तथा विशेष इलाकामा आउँदो चैत मसान्तभित्र कमिटि गठन गरिसक्ने उल्लेख छ। त्यस्तै वडाहरुमा २०८० वैशाख १५ गतेभित्र अधिवेशन सक्ने, पालिका तथा विशेष इलाकामा २०८० वैशाख मसान्तभित्र अधिवेशन गर्ने उल्लेख छ।

त्यस्तै २०८० साल जेठ मसान्तभित्र सबै जिल्लाको अधिवेशन गर्ने र आउँदो कात्तिक महिनाभित्र सबै प्रदेश अधिवेशन सक्ने भुसाले जानकारी दिए।समाजवादीले सबै जनवर्गीय, पेशागत सामुदायिक संगठनका कमिटिहरुलाई तत्काल सम्मेलन अधिवेशन कमिटिमा रुपान्तरण गर्ने निर्णय भएको छ।

त्यसअनुसार २०७९ फागुन मसान्तभित्र सबै जनवर्गीय, पेशागत र सामुदायिक संगठनका जिल्ला अविधेशन गरिसक्ने, ती संगठनहरुको चैत मसान्तभित्र प्रदेश र आउँदो जेठभित्र प्रदेश अधिवेशन पनि सम्पन्न गर्ने गरी कार्यतालिका बनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली प्रदेश सरकारले पायो मन्त्रिमण्डलको पुर्णता,कसलाई कुन मन्त्रालय? (सुचिसहित)

११ माघ २०७९, बुधबार १६:५६
सुर्खेत । कर्णलीका प्रदेका मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो मन्त्रिमण्डललाई पूर्णता दिएका छन्। पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका शर्माले (माघ ११) बुधबार १५ दिनपछि मन्त्रिमण्डललाई पूर्णता दिएका हुन्। यस्तै, मुख्यमन्त्री शर्माले बुधबार थप चार जना सांसदलाई मन्त्रीमा नियुक्त गरेका हुन्। जसमा नेकपा एमालेबाट दुई र माओवादी केन्द्रबाट दुई जना रहेका छन्। […]