कर्णाली प्रदेश सरकारले पायो मन्त्रिमण्डलको पुर्णता,कसलाई कुन मन्त्रालय? (सुचिसहित)

कर्णाली अनलाइन ११ माघ २०७९, बुधबार १८:२०

सुर्खेत । कर्णलीका प्रदेका मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो मन्त्रिमण्डललाई पूर्णता दिएका छन्। पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका शर्माले (माघ ११) बुधबार १५ दिनपछि मन्त्रिमण्डललाई पूर्णता दिएका हुन्।

यस्तै, मुख्यमन्त्री शर्माले बुधबार थप चार जना सांसदलाई मन्त्रीमा नियुक्त गरेका हुन्। जसमा नेकपा एमालेबाट दुई र माओवादी केन्द्रबाट दुई जना रहेका छन्।

नेकपा माओवादी केन्द्रबाट सल्यानका भीमप्रकाश शर्मा र सुर्खेतका कृष्णबहादुर जिसी र नेकपा एमालेबाट डोल्पाका शेरबहादुर बुढा र जुम्लाका टेकराज पछाई मन्त्रीमा नियुक्त भएका छन्।

शर्माले यसअघि गत पुस २८ गते एमालेबाट एक जना र नेकपा माओवादी केन्द्रबाट एक जना गरि दुई जनालाई बिना विभागीय मन्त्रीमा नियुक्त गरेका थिए। विना विभागीय मन्त्रीमा नियुक्त हुनेमा नेकपा एमालेबाट दैलेखका विनोदकुमार शाह र माओवादी केन्द्रबाट मुगुका मंगलबहादुर शाही रहेका छन्।

यस्तै, नेकपा एमालेबाट मन्त्री बनेका दैलेख शाह आर्थिक मामिला तथा योजना मन्त्री, जुम्लाका पछाई सामाजिक विकास मन्त्री, मुगुका जीतबहनदुर मल्ल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन्।

यस्तै, नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका सुर्खेतका जिसी आन्तरिक मामिला तथा कानून मन्त्री, मुगुका शाही भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्री, सल्यानका शर्मा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका छन्।

यस्तै, बुधबार बेलुका ६ बजे मन्त्रीको शपथ ग्रहण गराउँने कार्यक्रम रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रेम आचार्यले उठाएका बिषयमाथि छानबिन गर्ने मन्त्रिपरिषद्‌को निर्णय

११ माघ २०७९, बुधबार १८:२०
काठमाडौँ।आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा सरकारले छानबिन गर्ने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यले उठाएका बिषयको छानबिन गर्न गृहमन्त्रालयलाई जिम्मा दिएको छ। बैठकले मंगलबार आत्मदाहको प्रयास गरी घाइते भएका र बुधबार उपचारको क्रममा मृत्यु भएका आचार्यको विषयमा छानबिन गर्न र यथाशीघ्र प्रतिवेदन तयार पार्न मन्त्रिपरिषद्ले गृह मन्त्रालयलाई […]