निर्वाचन आयोगको ११०२ टोल फ्रि आजबाट सञ्चालन

कर्णाली अनलाइन १५ चैत्र २०७८, मंगलवार ०५:१९

काठमाडौँ।स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले आजबाट टोल फ्रि सञ्चालन गर्ने भएको छ। निर्वाचनको आउन ४५ दिन मात्र बाँकी रहेको अवस्थामा आयोगले ११०२ नम्वरको टोल फ्रिका लागी कल सेन्टर सञ्चालन गर्न लागेको हो ।

आयोगका सहसचिव एव प्रवत्ता शालिग्राम शर्मा पौडेलका अनुसार सो कार्यका लागि खटिने जनशक्तिलाई अभिमुखीकरण तालिम सम्पन्न समेत भएकाले आजबाट कल सेन्टर सञ्चालनमा आउन लागेको हो । ३० बैशाखमा स्थानीय तहको निर्वाचन हुदैँछ ।आयोगले ७७ वटै जिल्लामा निर्वाचन अधिकृत छनौट गरिसकेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

इटहरीमा बम विस्फाेट, दुई जना घाइते

१५ चैत्र २०७८, मंगलवार ०५:१९
विराटनगर । सुनसरीको इटहरीमा बम विस्फाेट भएको छ । सोमबार राति करिब १० बजे इटहरी उपमहानगरपालिका- २ को नवजागृति टोलमा बम विस्फाेट भएको हो । विस्फाेटमा परी दुई जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काका अनुसार बम विस्फाेटमा परेर इटहरी उपमहानगरपालिका- २ नवजागृति […]