गुराँस गाउँपालिका अध्यक्ष र उपाध्यक्षद्धारा पदभार ग्रहण ,गुराँसका जनतालाई ४ उपहार

दैलेख संवाददाता ६ जेष्ठ २०७९, शुक्रबार ११:०४


दैलेख। जिल्लाको गुराँस गाउँपालिका नवनिर्वाचित अध्यक्ष टोप बहादुर विसी र उपाध्यक्ष शिवा खड्काले पदभार ग्रहण गरेका छन। शुक्रवार एक समारोहकाविच द्धय अध्यक्ष र उपाध्यक्षले पदभार ग्रहण गरेका छन।

पदभार ग्रहण प्रश्चात गुराँस जनताकालागि लोकप्रिय चार निर्णय समेत भएका छन ।संघीय सरकारको परिपत्र बमोजिम आ.व २०७८/७९ देखि यस गुराँस गाउँपालिका बैकिङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने गरिएकोमा भौलोलिक बिकटताका कारण लाभग्राहीलाई बैँकमा आई सामाजिक सुरक्षा भत्ता लिन कठिनाइ भएकाले प्रभु बैँक लिं गुराँस शाखा संग आवश्यक समन्वय गरि सम्वन्धित वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता विवरण गर्ने गरि निर्णय भएको छ।

यसै गरी गुराँस गाउँपालिकाको केन्द्र लगायत विभिन्न भागहरुमा मोबाइल नेटवर्क कमजोर भई संचारमा पहुँच नभई जनस्तर तथा सेवाप्रवाहमा समेत असर गरिरहेको हुँदा नेपाल दुरसञ्चार प्राधिकरणसंग आवश्यक समन्वयन गरी उक्त समस्या समाधान गर्ने गरि निर्णय गरिएको छ।

त्यस्तै .दश जोड दुई (+२ं) तहको वार्षिक परीक्षाको कार्यक्रम तय भैसकेको र उक्त परीक्षा सञ्चालनार्थ ,फर्निचर अभाव भएका विधालयहरुमा यथासिघ्र्  फर्निचर व्यवस्थापन गर्न आवश्यक निर्णय गरिएको छ।

यसैगरी पालिकामा स्थायी बसोवास गर्ने दलित तथा एकल महिला घरमुली रहेका घरपरिवारलाई प्रोत्साहन स्वरुप आगामी आ.व.को नीति तथा कार्यक्रम र वार्षिक बजेटमा स्वास्थ्य विमा ,उचित समाजिक सुरक्षाका कार्यक्रमहरु समावेश गरिने निर्णय गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चितवनमा हावाहुरीले रुख ढल्दा च्यापिएर तीनको मृत्यु

६ जेष्ठ २०७९, शुक्रबार ११:०४
चितवन।चितवनमा हावाहुरीले रुख ढल्दा च्यापिएर शुक्रबार बेलुका तीन जनाको ज्यान गुमेको छ।भरतपुर–११ को भोजाडमा अटोमा चढेका दुई जनाकै ज्यान गुमेको हो भने बसेनीमा म्याजिकमा चढेका अर्का एकको पनि ज्यान गुमेको चितवन प्रहरीले जानकारी दिएको छ। मृतक तीनकै पहिचान हुन सकेको छैन। अटोमा च्यापिएकामध्ये एकको घटनास्थलमै र एकको उपचारका क्रममा ज्यान […]

सम्बन्धित शीर्षक