अन्तरनिर्भर समाज सुर्खेतद्धारा बसपार्कको फोहोर व्यवस्थापन कार्य सम्पन

कर्णाली अनलाइन १ पुष २०७८, बिहीबार १२:०६

सुर्खेत। विरेन्द्रनगर सुर्खेतलाई सफा र स्वच्छ गराउने उद्देश्यका साथ विहिवार सिटि वस पार्कको फोहोर व्यवस्थापनकार्यको आयोजना गरिएको छ। विरेन्द्रनगर वार्ड न-६को समन्वय, युई.एन.डि.पी को आर्थिक सहयोग र अन्तरनिर्भर समाज सुर्खेतको आयोजनामा अव्यस्थित रहेको वसपार्क भित्रको फोहोरलाई व्यवस्थापन गरिएको छ।

कर्णाली प्रदेशको राजधानी विरेन्द्रगरमा रहेको एकमात्र सिटि वसपार्क भित्र सञ्चालीत १२ ओटै यातायात व्यवसायले सिटि वसपार्क भित्रको फोहोर व्यवस्थापनमा हाम्रो पनि महत्वपुर्ण जिम्मेवारी र दायित्व रहेको भन्दै यस्तो कार्यगरेमा नगरपालिकाको फोहोर व्यवस्थापन समितिको नियमअनुसार जरिमाना तिर्ने भनी संस्थाको १३ बुँदे  प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका छन ।

व्यापारी, यात्रु ,आम मानिसले वसपार्कलाई सफा राख्न सवैको कर्तव्य रहेको र यसमा एक जनामात्रै सचेत भएर नहुने अन्तरनिर्भर समाजका कार्यक्रम व्यवस्थापक विवेक शाहीले जानकारी दिए । उनले भने, ‘सफा सुर्खेत आजको आवश्यकता हो भन्ने नाराका साथ हामीले सरसफाई सम्बन्धी अभियान चलाई रहेका छौँ। हामी सबै मिलेर सफा र सुन्दर बनाउँनुपर्छ ।’ उनले हरित पुर्न उत्थान प्रवद्र्धन परियोजनामार्फत वीरेन्द्रनगरमा सरफाई सम्बन्धी सचेतनामुलक कार्यक्रमका साथै सरसफाई पनि गर्दै आएको जानकारी दिए । स्वयंसेवक र सरसफाइ अभियानकर्ताको अहम भुमिका रहेको उहाँको भनाई छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दलिततर्फको कांग्रेस सहमहामन्त्रीमा जीवन परिवार विजयी

१ पुष २०७८, बिहीबार १२:०६
काठमाडौँ ।नेपाली कांग्रेस १४औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। एक सभापति, दुई उपसभापति र महामन्त्रीको मतपरिणाम सार्वजनिक भइसकेको छ। अहिले आठ सहमहामन्त्रीको मतगणना जारी छ। जसमध्ये २ सहमहामन्त्रीको समेत मत परिणाम आइसकेको छ। बिहीबार राति सहमहामन्त्रीतर्फ दलितको मत परिणाम आएको छ। जसमा शेखर कोइराला प्यानलबाट उम्मेदवारी […]