दैलेखमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु ,स्थानीयद्धारा कर्णाली राजमार्ग अवरुद्ध

कालिकोट संवाददाता २१ माघ २०७९, शनिबार १३:०७

कालिकोट।दैलेखको आठविस नगरपालिकामा शुक्रबार बेलुका ७ :३० बजे ट्रकको  ठक्करबाट पैतल यात्रीको मृत्यु भएको छ ।कालिकोटबाट सुर्खेत तर्फ जादैँ गरेको भे १ ख ३५१८ नम्वरको ट्रकले ठक्कर दिदा आठबिस नगरपालिका वडा न ४ का ५५ वर्षीय तिलक माझीको घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख डिएसपी भुवनेश्वरप्रसाद यादवलेले जानकारी दिए ।

उक्त घटनालाई लिएर मृतकका आफन्तहरुले कर्णाली रार्जमाग अवरुद्ध गरेका छन। मृतक माझीको सव दुर्घटनास्थमै रहेको र उक्त ट्रक मालिक घटनास्थलमा आइसकेको हुदाँ दुवै पक्षविच सहमति भई कर्णाली राजमार्ग खुल्ने जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख डिएसपी भुवनेश्वरप्रसाद यादवलेले जानकारी दिए।

दैलेख प्रहरी प्रमुख डिएसपी भुवनेश्वरप्रसाद यादवले स्थानीयको आक्रोश बढिरहेकाले सुरक्षा अवस्थामा समेत चुनौती रहेको भन्दै स्थानीय जनप्रतिनिधिसँग छलफलपछि समस्याको समाधान गराउने प्रयास जारी रहेको भए पनि सफल हुन नसकेको जानकारी दिए।

प्रहरीले कालीकोट जुम्ला, मुगुतर्फ आउने गाडीलाई दैलेखेको पाल्तडा, टुनिबगरमा रोकेर राखेको छ। आठबिस नगरपालिका प्रमुख तर्क बडूवालले ट्रक साहुलाई बोलाएर मृतक परिवारलाई राहत उपलब्ध गराउने विषयमा छलफल भइरहेको बताए। छलफलपछि सडक खुल्ने प्रमुख बडूवालले बताए।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माधव नेपालकाे व्यङ्ग्य: प्रचण्डलाई राष्ट्रपतिकाे चुनावसम्म त थेग्ने हाेला

२१ माघ २०७९, शनिबार १३:०७
काठमाडाैँ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारूढ गठबन्धनभित्र खटपट सुरु भइसकेको दावी गरेका छन्। अध्यक्ष नेपालले सत्तारूढ गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राष्ट्रपति निर्वाचनसम्म पनि थेग्न सक्ने अवस्था नरहेको जिकिर समेत गरे। ललितपुरको बालकुमारीस्थित एक बैक्वेटमा शनिबारबाट सुरु भएको पार्टी केन्द्रीय कमिटीको पाँचौँ बैठक उद्घाटन गर्दै उनले वर्तमान तरल […]