सुर्खेतको गुर्भाकोटमा चार दिनदेखि हराएकी बालिकाको शव फेला

कर्णाली अनलाइन २४ जेष्ठ २०७९, मंगलवार ०७:२९


सुर्खेत। सुर्खेतमा चार दिनदेखि हराइएकी एक बालिकाको शव फेला परेको छ। गुर्भाकोट नगरपालिका ५ धारापानी टोलकी अन्दाजी सात वर्षिया बालिका ग्रीस्मा विक मृत अवस्थामा फेला परेकी हुन।

नेपाली कांग्रेसको गुर्भाकोट नगरपालिका ५ ले आयोजना गरेको कार्यक्रममा शनिवार हजुरआमासंगै सहभागी विक सोही दिन हराएकी थिइन।चार दिनदेखि हराएकी बालिकाको शव मंगलवार बिहान घरदेखि हराएकी बालिकाको शव मंगलवार बिहान घरदेखि एक सय मिटरको दुरीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवत्ता एवं डिएसपी रामप्रसाद घर्तीले बताए।

बालिकाको मृत्युको कारण नखुले पनि घट्नामा संलग्न भएको आशंकामा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मुगुमा आगलागीबाट २ घर जले

२४ जेष्ठ २०७९, मंगलवार ०७:२९
मुगु।जिल्लाको खत्याड गाउपालिका–४ पैखुगाउँमा आगलागीबाट २ घर जलेर नष्ट भएका छन् ।मंगलबार बिहान भएको आगलागीबाट खत्याड गाउँपालिका–४ पैखुगाउँका चुत्तबहादुर थापा र सारदा थापाको घर पूर्ण रुपले नष्ट भएको गाउँलेले बताएका छन् । आगलागीको कारण क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी […]