मौन अवधिमा आचारसंहिता उल्लंघन नगर्न निर्वाचन आयोगको अनुरोध

कर्णाली अनलाइन ३० कार्तिक २०७९, बुधबार २२:०५

काठमाडौँ।मौन अवधिमा आचारसंहिता उल्लंघन नगर्न निर्वाचन आयोगले सचेत गराएको छ। निर्वाच आयोगले निषेध गरेका कुनै पनि गतिविधि नगर्न, नगराउन निर्वाचन आयोगले राजनीतिक दल,उम्मेदवार र सर्वसाधारणलाई सचेत गराएको हो।

निर्वाचन आयोगले मंसिर १ गते राती १२ बजेबाट आचारसंहिताले निषेध गरेका कुनै पनि गतिविधि नगर्न नगराउन भनेको हो।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधि (स्थिर समय ) मंसीर १ गते राति १२ बजेबाट सुरु हुने र ४८ घण्टा अघिबाट निर्वाचन प्रचार प्रसार लगायत गतिविधि सञ्चालनमा निर्वाचन आचारसंहिता ०७९ले निषेध गरेकाले त्यस कार्यमा संलग्न नहुन आयोगले सचेत गराएको हो।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान हुनुभन्दा ४८ घण्टा अघिबाट सुरु हुने मौन अवधिमा निर्वाचन आचारसंहिताले निषेध गरेका कुनै पनि गतिविधि नगर्न, नगराउन राजनीतिक दल,उम्मेदवार लगायत सर्वसाधरणलाई सचेत गराएका हुन्। मतदान केन्द्रबाट ३ सय मिटर वरीपरी कुनै पनि दल वा उम्मेदवारको प्रचारप्रसार सामग्री भए तत्काल हटाउनुपर्ने, निर्वाचनको वातावरण बिथोलिने कुनै पनि किसिमको सभा, सम्मेलन, भोजभतेर, लगायत कार्यलाई पूर्ण रुपमा निषेध गरिएको भण्डारीले उल्लेख गरे।

उनले भने, ‘मतदान हुने दिनको ४८ घण्टा अघि मतदान केन्द्रको ३ सय मिटर वरपर राजनीतिक दल र उम्मेदवारका प्रचार सामग्री पूर्ण रुपमा हटाउनु पर्दछ। कनै पनि विधि र प्रक्रियाबाट मत माग्न, प्रचारप्रसार गर्न, गराउन हुँदैन। सामाजिक सञ्जाल, अनलाईन वा अन्य कुनै पनि छापाबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि सन्देश, सूचना, प्रशारण तथा सामग्री पोष्ट गर्ने, सेयर गर्ने, लाईक गर्ने, कमेन्ट गर्ने लगायतका सबै कुराहरु निषेध गरिएको छ ।’

भण्डारीले निर्वाचनको आचारसंहिता प्रतिकूल हुनेगरी कुनै पनि गतिविधि गरेमा तत्काल दोषीमाथि कारबाही हुने चेतावनी दिए।
उनले कुनै पनि किसिमको डर, त्रास, भय नलिई वा प्रलोभनमा नपरी मतदान गर्न आम मतदातालाई आग्रह गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा बम विस्फोट, दुई जना घाइते

३० कार्तिक २०७९, बुधबार २२:०५
  बाँके। नेपालगञ्जमा बम विस्फोट भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १०, भृकुटीनगरस्थित डिल्ली क्षेत्रीको कोठामा बम विस्फोट भएको हो । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी बाँकेका जिल्ला अध्यक्ष क्षेत्रीको कोठामा बम बनाउने क्रममा विस्फोट भएको जनाइएको छ । प्रेसर कुकर वम बिस्फोट हुँदा क्षेत्री र धर्म बडुवाल घाइते […]