नेपालगञ्जमा बम विस्फोट, दुई जना घाइते

कर्णाली अनलाइन ३० कार्तिक २०७९, बुधबार २२:१२

 

बाँके। नेपालगञ्जमा बम विस्फोट भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १०, भृकुटीनगरस्थित डिल्ली क्षेत्रीको कोठामा बम विस्फोट भएको हो ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी बाँकेका जिल्ला अध्यक्ष क्षेत्रीको कोठामा बम बनाउने क्रममा विस्फोट भएको जनाइएको छ । प्रेसर कुकर वम बिस्फोट हुँदा क्षेत्री र धर्म बडुवाल घाइते भएका छन् ।

बडुवालको अवस्था गम्भीर रहेको छ । घाइते दुवैलाई भेरी अस्पतालमा ल्याइएकोमा केहीबेरको उपचारपछि बडुवाललाई नेपालगञ्ज मेडिकल कलेज लैजाने तयारी भएको छ ।

विप्लव नेकपाले चुनाव बहिष्कारको नीति लिएको छ । चुनावको बेलामा तर्साउनका लागि बम बनाउने क्रममा विस्फोट भएको प्रहरीले आशंका गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मौन अवधिमा के गर्न पाइन्छ, के गर्न पाइँदैन ?

३० कार्तिक २०७९, बुधबार २२:१२
काठमाडौँ।आगामी आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज बिहीबार मध्यराति १२ बजेबाट मौन अवधि अर्थात चुनाव प्रचार प्रसार निषेधित अवधि सुरु हुँदैछ। निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले आज राति १२ बजेभन्दा अगाडिसम्म मात्र अन्तिम चुनावी प्रचार गर्न पाउनेछन्। त्यसपछि मध्यरातिबाट राजनीतिक दल, उम्मेदवार तथा दलका पदाधिकारीले […]