एकीकृत समाजवादीसँगै चुनावी तालमेल असहज भयो : अध्यक्ष प्रचण्ड

कर्णाली अनलाइन २ बैशाख २०७९, शुक्रबार ११:५०

काठमाडौँ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीसँग समेत चुनावी तालमेल असहज भएको ब्रिफिङ गरेका छन्।पाँच दलीय गठबन्धनले केन्द्रमा गरेको निर्णय जिल्ला तथा स्थानीय तहमा कार्यान्वयन गर्न आनाकानी भइरहेका बेला दाहालले सबै ठाउँमा गठबन्धन हुने संभावना नरहेको बताएका हुन्।

चुनावी समीक्षाका लागि नेताहरुसँगको बैठकमा दाहालले सबै दलले बलियो गरी दाबेदारी प्रस्तुत गरिरहेको ब्रिफिङ गरेका हुन्। जसका कारण तालमेल मिलाउन कठिन भइरहेका उनको भनाइ थियो।

बैठकमा दाहालले एकीकृत समाजवादीसँग चुनावी तालमेल सहज हुने अपेक्षा गरे पनि सामथ्र्यभन्दा बढी खोजेको आरोप लगाए।दाहालको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘सबै दलसँग चुनावी गठबन्धन गाह्रो छ। माधव नेपालसँग अलिक सजिलो होला कि भनेको त, उहाँसँग पनि सजिलो नभएकै रिपोर्ट छ। नेपाली कांग्रेससँग त गाह्रो छँदै छ। चुनावमा सबैले आफ्नो आफ्नो बलियो दाबेदारी प्रस्तुत गरिरहेका छन्।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतमा सस्तो मूल्य र आकर्षक प्याकेजसहित भायनेट इन्टरनेट सेवा शुरु

२ बैशाख २०७९, शुक्रबार ११:५०
सुर्खेत । नीजि इन्टरनेट सेवा प्रदायक भायनेट कम्युनिकेसन्स्ले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पनि सेवा विस्तार गरेको छ । सस्तो मूल्य र आकर्षक प्याकेज ग्राहकलाई उपलव्ध गराउनेगरी वीेरेन्द्रनगरमा सेवा शुरु गर्न लागेको हो । वीरेन्द्रनगरमा अन्य इन्टरनेट सेवाप्रदायक प्रभावकारी नभएको बेला भायनेटको विस्तारले ग्राहकको विश्वसा जित्ने अपेक्षा गरिएको छ । भायनेटको औपचारिक […]