सुर्खेतमा खुल्यो निःशुल्क जिम तथा क्यालेस्थेनिक्स पार्क

कर्णाली अनलाइन २६ चैत्र २०७८, शनिबार १२:३१

सुर्खेत।जिल्लाको वीरेन्द्रनगरमा निःशुल्क खुल्ला जिम तथा क्यालेस्थेनिक्स पार्कको स्थापना भएको छ । वीरेन्द्रनगर नगपालिका–७ मा शनिबार पार्कको स्थापना भएको हो ।वीरेन्द्रनगरका नगरप्रमुख देवकुमार सुवेदीले पार्कको उद्घाटन गरेका छन् । वीरेन्द्रनगर–७ कपासे ब्यारेक नजिक स्थापना गरिएको जिम पार्कको नगरप्रमख सुवेदीले एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् ।

कर्णाली प्रदेशमै पहिलो पटक स्थापना भएको खुल्ला जिम तथा क्यालेस्थेनिक्स पार्क स्वास्थ्य र रोजगारीलाई केन्द्रीत गरी निर्माण भएको नगर प्रमुख सुवेदीले बताए ।उक्त खुल्ला जिम तथा क्यालेस्थेनिक्स पार्कमा बच्चा, युवा र बृद्बा सबैले ब्याम गर्न मिल्ने गरी निर्माण भएको गरिएको छ ।

वीरेन्द्रनगर–७ नम्बर वडाको आर्थिक साझेदारीमा पार्कको स्थापना भएको हो । साथै नेपाल युथ फिटनेश एण्ड क्यालेस्थेनिक्सले पनि निर्माणको क्रममा सहयोग गरेको थियो ।यस्तै, नगर प्रमुख सुवेदीले अन्य अन्य आवश्यक पर्ने ठाउँमा पनि पार्कको स्थापना भएपछि स्वास्थ्य, तन्दुरुष्ट र युवाहरुमा रोजगारीको अवसर प्राप्त हुने बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जगदुल्ला जलविद्युत आयोजनामा कर्णाली सरकारले ११ करोड बढी लगानी गर्ने

२६ चैत्र २०७८, शनिबार १२:३१
सुर्खेत।कर्णाली प्रदेश सरकारले डोल्पामा निर्माण हुन लागेको जगदुल्ला जलविद्युत आयोजनामा लगानी गर्ने निर्णय गरेको छ । चैत २५ गतेको मन्त्रिपरिषद् बैठकले जगदुल्ला हाईड्रोपावर कम्पनी लिमिटेडको ११ लाख ७१ हजार ५०० कित्ताशेयर किन्ने निर्णय गरेको हो । प्रदेश सरकारले कर्णालीमा निर्माण हुने ठुला विद्युत परियोजनामा शेयर साझेदारी गर्ने नीति अनुसार जगदुल्ला […]

सम्बन्धित शीर्षक