प्रधानसेनापति प्रभुराम शर्मा विदेश भ्रमणमा जाने

कर्णाली अनलाइन १७ जेष्ठ २०७९, मंगलवार ०७:०८

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मा विदेश भ्रमणमा जाने भएका छन्। सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ती निकालेर प्रधानसेनापति शर्मा आगामी असार ४ देखि १० गतेसम्म लेबनान र सिरिया भ्रमणमा जाने जानकारी दिएको हो ।

शर्माले भ्रमणका क्रममा शान्ति सेना मिसनहरूको विविध पक्ष एवं भावी योजनाका बारेमा जानकारी हासिल गर्ने जनाएको छ । भ्रमण टोलीले सिरिया र लेबनानमा मिशनहरूको वस्तुस्थिति, अपरेशनल गतिविधि तथा फौज तैनाथीको जानकारी लिई शान्ति मिसनका उच्च पदस्थ अधिकारीहरुसँग भेटघाट गर्ने नेपाली सेनाले जनाएको छ ।

उक्त भ्रमण लगत्तै महारथी शर्मा पुनः संयुक्त राज्य अमेरिकाको औपचारिक निमन्त्रणामा आगामी असार १३ देखि १७ गतेसम्म अमेरिकाको भ्रमणमा जानेछन्। उच्चस्तरीय सैनिक नेतृत्वबाट नियमित रुपमा हुने गरेको भ्रमणले नेपाली सेना र अमेरिकी सेना लगायत दुइ देशबीचको सम्बन्ध मैत्रीपूर्ण र प्रभावकारी बनाउन महत्वपूर्ण साबित हुने विश्वास सेनाले लिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्कुल बसको ठक्करबाट बाँकेमा एक बालिकाको मृत्यु

१७ जेष्ठ २०७९, मंगलवार ०७:०८
बाँके।बाँकेको बैजनाथ गाउँपालिका–१ मा आज बिहान बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रकाश खड्काकी ४ वर्षीया छोरी प्रज्ञा रहेकी छन्।बसको ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ। नम्बर नखुलेको स्कुल बसले आज बिहान १० बजे बालिकालाई ठक्कर […]

सम्बन्धित शीर्षक