भक्तपुरमा चार तला माथिबाट खसेर बालिकाको मृत्यु

कर्णाली अनलाइन १६ पुष २०७८, शुक्रबार ०९:०२

भक्तपुर। जिल्लाको भक्तपुर नगरपालिका– १० कमलविनायकमा घरको ४ तल माथिबाट खसेर शुक्रबार बिहान बालिकाको मृत्यु भएको छ।महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार स्थानीय हरिनारायण सितिखूकी १५ वर्षीया छोरी सुनेना सितिखूको आफ्नै घरको ४ तला माथिबाट खसेर मृत्यु भएको हो।

घरको ४ तला माथिबाट बिहान ६ः१५ बजे खसेर गम्भीर घाइते भएकी सुनेनालाई उनका बुबाले उपचारका लागि भक्तपुर अस्पताल लगेका थिए। उपचारकै क्रममा शुक्रबार बिहाने ६ः३० बजे मृत्यु भएको भक्तपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।उनका अनुसार घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई गई अनुसन्धान कार्य अगाडि बढाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अध्यक्ष भण्डारी एकीकृत समाजवादीमा प्रवेश

१६ पुष २०७८, शुक्रबार ०९:०२
  काठमाडौं । राष्ट्रिय जागरण परिषद नेपालका अध्यक्ष साध्यबहादुर भण्डारी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।आज काठमाडौंमा आयोजित एक कार्यक्रममा भण्डारी एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भण्डारीसहितका नेता–कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गरेका छन् ।

सम्बन्धित शीर्षक