एमाले नेतृत्व चयनका लागि मतदान सम्पन्न: कुल दुई हजार ८५ मत खस्यो

कर्णाली अनलाइन १४ मंसिर २०७८, मंगलवार ०५:५४

चितवन। सौराहमा जारी एमालेको १० औँ महाधिवेशनअन्तर्गत मतदान सकिएको छ। सौराहस्थित सेभेन स्टार होटल परिसरमा विद्युतीय माध्यमबाट गरिएको मतदान प्रक्रिया सकिएको छ ।मतदानमा दुई हजार ८५ मत खसेको एमाले नेता योगेश भट्टराईले जानकारी दिए। उनले मतगणना सकिएर त्यसको मुचुल्का उठाउने काम गरिने बताए।

मत परिणाम मंगलबार नै आउने समेत आउने उनले जानकारी दिए। नेता भट्टराईले दिएको जानकारीअनुसार एमालेका कूल २ हजार १५३ महाधिवेशन प्रतिनिधिमध्ये ६८ जना मतदानमा सहभागी भएनन् ।एमालेले पहिलोपटक महाधिवेशनमा विद्युतीय माध्यमबाट मतदान गरेको छ। मतदानमा करिब ७० वटा विद्युतीय मेशिनको प्रयोग भएको छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमालेको १०औँ महाधिवेशन खर्च ९ करोड

१४ मंसिर २०७८, मंगलवार ०५:५४
चितवन।चितवनमा जारी एमालेको १०औँ महाधिवेशनमा नौ करोड रुपैयाँ खर्च भएको छ। निर्धारित समयभन्दा दुई दिन लम्बिएको महाधिवेशनमा नौ करोड रुपैयाँ खर्च भएको एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।सात करोड ५० लाख अनुमान गरिएकोमा दुई दिन लम्बिँदा नौ करोड खर्च हुन पुगेको उनले बताए।‘दुई दिन महाधिवेशन लम्बिनु अप्रत्यासित नै भयो। […]