इंग्ल्याण्डको विजयी सुरुवात, इरान ६-२ ले पराजित

कर्णाली अनलाइन ५ मंसिर २०७९, सोमबार २१:४७

काठमाडौं ।कतारमा जारी विश्वकप फुटबलमा इंग्ल्याण्डले विजयी शुरुवात गरेको छ। समूह चरणको पहिलो खेलमा इरानलाई ६-२ ले हराउँदै इंग्ल्याण्डले विजयी शुरुवात गरेको हो।

खेल शुरु भएको ३५ औँ मिनेटमा इंग्ल्याण्डका जुड बेलिङ्गमले पहिलो गोल गरेका थिए। त्यसपछि ४३ औँ मिनेटमा बुकायो साका र थप समयमा रहिम स्टर्लिङले १/१ गोल गरेपछि इंग्ल्याण्डले पहिलो हाफमा ३-० को अग्रता लिएको थियो।

६५ औँ मिनेटमा इरानका मेहदी तरेमीले आफ्नो टोलीका लागि पहिलो गोल गर्दा इंग्ल्याण्डको ४ गोल भइसकेको थियो।

त्यसअघि इंग्ल्याण्डका बुकायो साकाले प्रहार गरेको बल इरानकै खेलाडीको खुट्टामा लागेर जाँदा खेलको चौथो गोल भएको थियो।

दोस्रो हाफमा मैदान गरेका मार्कस रसफोर्डले इंग्ल्याण्डका लागि पाँचौँ तथा ९० औँ मिनेटमा ज्याक ग्रिलिसले छैटौँ गोल गरेका थिए। भने थप समयमा मेहदीले नै पेनाल्टीमार्फत आफ्नाे र टिमकाे लागि दाेस्राे गाेल गरे।

योसँगै समूह बी मा पहिलो जित दर्ता गराउँदै इंग्ल्याण्ड बलियो अवस्थामा पुगेको छ। समूह बी मा इरान र इंग्ल्याण्डबाहेक वेल्स र अमेरिका रहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अछाम १ मा एकीकृत समाजवादीका कुँवरलाई अग्रता

५ मंसिर २०७९, सोमबार २१:४७
सुर्खेत।अछाम क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका शेरबहादुर कुँवरले अग्रता लिएका छन्। उनले १०५१ मत पाएका छन्। यस्तै एमालेका झपट बोहोराले ८२९ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार राजन कुँवरले १४५ मत पाएका छन्।

सम्बन्धित शीर्षक