जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोकियो

कर्णाली अनलाइन ९ जेष्ठ २०७९, सोमबार ०३:४७

भैरहवा।जजिरा एयरको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा चरासँग ठोकिएको छ।सोमबार बिहान २ बजे कुवेतबाट आएको विमान विमानस्थल परिसरमा चरासँग ठोकिएको विमानस्थल स्रोतले जानकारी दिएको छ।

विमान यात्रु ओरालेर एप्रोनमा छ। १२१ यात्रु लिर आएको विमानमा ५२ जना कारागारमा हिरसातमा रहेका कैदी थिए।उनीहरूलाई उद्वार गरेर नेपाल ल्याईएको हो। विमान अवतरण गरेपछि चरासँग ठोकिएको थियो।

गौतमबुद्ध अन्तरास्ट्रिय विमानस्थलका प्रवक्ता श्याम किशोर साहका अनुसार हवाई जहाजको बाहिरी भागमा रगत देखिन्छ, तर रनवेमा कतै चरा देखिन्न। ‘पाईलटहरुले अवतरणको क्रममा चरासँग ठोकिएको आशंका गरेका छन । तर, रनवेमा देखिनु पर्ने चरा देखिएन’, साहले भने, ‘चरा कतै ईन्जिनमा त गएन भनेर जहाज यहि होल्ड भएको छ।’

एयरलाइन्सका ईन्जिनियरले विमान चेकजाँच गरेर मात्रै उडान गरिने भएको छ। २ जेठदेखि गौतमबुद्ध अन्तरास्ट्रिय विमानस्थलमा नियमित सोमबार, बुधबार र शुक्रबार उडान गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कञ्चनपुरको भीमदत्त नगरपालिकामा मेयरमा बोगटी र उपमेयरमा जोशी विजयी

९ जेष्ठ २०७९, सोमबार ०३:४७
धनगढी।कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।नगरपालिकाको मेयरमा नेपाली कांग्रेस कञ्चनपुरको सभापतिसमेत रहेका पदम बोगटी निर्वाचित भएका हुन्। उनी १५ हजार ८ सय ८२ मत प्राप्त गर्दै विजयी भएको नगरपालिकाका मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए।उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महेशप्रसाद पन्तले ८१७९ मत प्राप्त गरेका छन्। […]