राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछाने चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । अधिवक्ता ललित बस्नेतलाई सर्वोच्चले गरेको फैसलाका बारेमा सोधेका थियौँ । बस्नेतको भनाई जस्ताको त्यस्तै प्रस्तुत गरेका छौँ–
‘उहाँको अटेरीपनलाई सर्वोच्चले जवाफ दिएको छ । यो अत्यन्तै राम्रो फैसला हो । यद्दपि उहाँलाई नागरिकता लिएर चुनाव लड्ने प्रक्रिया भने रोक्न सकिन्न । उहाँ नागरिकता लिने प्रक्रियामा जानुपर्छ । त्यसपछि पुनः चुनाव लड्नुहुन्छ । उहाँको पपुलारिटी आफ्नो ठाउँमा छँदैछ । अटेरीपन गलत थियो । नागरिकता ऐनको मान गरेर, यसको संवेदनशीलतालाई ‘रेकगनाइज’ गरेको छ । सर्वोच्चले गरेको आजको फैसला प्रशंसायोग्य छ । यसलाई सकारात्मक मान्नुपर्छ । रवि लामिछाने नागरिक होइन भन्ने होइन तर नागरिकता छोडेपछि पुनः प्राप्तिको प्रकृयामा उहाँ जानुभएन, उहाँको जवर्जस्तीपन देखिन्छ । अब प्रकृयामा जाने, नागरिकता लिने अनि चुनाव लड्ने । उहाँलाई घाटा लागेको त छैन निरु’