मौसम भोलिदेखि क्रमिक सुधार हुने

कर्णाली अनलाइन १४ पुष २०७८, बुधबार ०७:१९
साकेतिक फोटो
साकेतिक फोटो

काठमाडौं ।पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी एवं हिमाली भूभागमा हिमपात भइरहेको छ।यो क्रम बुधबार रातिसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद् गंगा नगरकोटीले बताइन्। उनले भनिन्‚ ‘सो प्रणाली बिहीबारदेखि क्रमिकरुपमा कमजोर बन्दै जाने देखिएको छ।’

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपात भइरहेको छ।राति देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना रहेको बताइएको छ।

विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र देशको उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव सात डिग्री र अधिकतम तापक्रम १५ दशमलव दुई डिग्री सेल्सियस रहेको छ। त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस शून्य दशमलव चार डिग्री र सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम २८ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हिउँले सेतामैँ हुम्ला,तापक्रम माइनस १२ डिग्रीमा......(फोटो फिचर)

१४ पुष २०७८, बुधबार ०७:१९
धन बहादुर भण्डारी हुम्ला। मंगलबार साझदेखि लगातार जिल्लामा हिउँ परेको छ । लगातारको हिमपातले जिल्लाभर जनजीवन कष्टकर भएको छ ।जिल्लामा यो वर्ष तेस्रो पटकको हिमपात भएको हो । तर मंगलबार साझँदेखि भने ठूलो हिँमपात भएको हो । यसअघि होचा क्षेत्रमा हिउँ नपरेर वर्षा भएको भए पनि यसपटक भने कर्णाली नदीको […]