प्रचण्ड २ वर्ष प्रधानमन्त्री बनेपछि बाँकी ३ वर्ष ओली!

कर्णाली अनलाइन १० पुष २०७९, आईतवार १६:४६

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड १६६ जना सां‍सदहरुको समर्थनसहित प्रधानमन्त्री बन्ने भएका छन्।

यद्यपि एमालेसहित दलहरुको सहमतिअनुसार पुष्पकमल दाहाल प्रचण्ड २ वर्ष प्रधानमन्त्री बनेपछि बाँकी ३ वर्ष एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने सहमति पनि नेताहरुबीच भएको छ।

बालकोटमा नेकपा माओवादी केन्द्र, एमाले, रास्वपा र जनता समाजवादी पार्टीबीचको बैठकको यस्तो निर्णय गरेको हो।बैठकले राष्ट्रपति एमालेलाई दिने सहमति पनि गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रचण्ड तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त, शपथ भोलि ४ बजे

१० पुष २०७९, आईतवार १६:४६
काठमाडौँ ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन्।राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संविधानको धारा ७६ (२) बमोजिम प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बनेका हुन्। यससँगै उनी नेपालका ४४ औँ प्रधानमन्त्री बनेका छन्। उनलाई नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत […]