प्रचण्ड तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त, शपथ भोलि ४ बजे

कर्णाली अनलाइन १० पुष २०७९, आईतवार १९:३९

काठमाडौँ ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन्।राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संविधानको धारा ७६ (२) बमोजिम प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बनेका हुन्।

यससँगै उनी नेपालका ४४ औँ प्रधानमन्त्री बनेका छन्। उनलाई नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थन छ।

साथै तीन जना स्वतन्त्र सांसदहरुले पनि उनलाई समर्थन गरेका छन्। स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभू शाह र किरण कुमार यादवले समर्थन गरेका हुन्। स्वतन्त्रसहित १६९ जना सांसदको समर्थन उनलाई छ।राष्ट्रपति कार्यालय स्रोतका अनुसार सोमबार अपराह्न ४ बजे उनको शपथ तय गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नियमविपरीत राखिएका निजी सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन

१० पुष २०७९, आईतवार १९:३९
काठमाडौं।गृह मन्त्रालयले नियम विपरीत राखिएका निजी सुरक्षाकर्मी तत्काल फिर्ता गर्न निर्देशन दिएको छ। मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले मंगलबार एक विज्ञप्ति जारी गर्दै बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले नियम विपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएका हुन् । विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ को व्यवस्था […]