नियमविपरीत राखिएका निजी सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन

कर्णाली अनलाइन १२ पुष २०७९, मंगलवार १७:५१

काठमाडौं।गृह मन्त्रालयले नियम विपरीत राखिएका निजी सुरक्षाकर्मी तत्काल फिर्ता गर्न निर्देशन दिएको छ। मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले मंगलबार एक विज्ञप्ति जारी गर्दै बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले नियम विपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएका हुन् ।

विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ को व्यवस्था अनुसार बहालवाला तथा पूर्व कर्मचारी र सुरक्षाकर्मीहरूले कार्यविधिमा तोकिए अनुसार मात्र व्यक्तिगत सुरक्षाकर्मीको सुविधा पाउने विज्ञप्तिमा उल्लेख छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रचण्डजीको व्यवहारबाट दुखित छु : माधव नेपाल

१२ पुष २०७९, मंगलवार १७:५१
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यवहारबाट दुखित भएको बताएका छन्। पार्टी कार्यालयमा मंगलबार आयोजित सुदूरपश्चिमबाट निर्वाचित सांसदहरुलाई बधाई दिने कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन्। ‘हाम्रो पार्टीलाई जानकारी नदिई प्रचण्ड अरुको समर्थनमा प्रधानमन्त्री भए। हामीलाई थाहा छैन। पत्रिकामा फोटो देखेर न […]

सम्बन्धित शीर्षक